LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो जितको घोषणा गरेका छन् । प्रमुख ब्याटलग्राउण्ड स्टेटमध्ये ३ वटामा जित निश्चित भएपछि समर्थकलाई सम्बोधन गर्दै उनले अमेरिकीले शक्तिशाली बहुमत दिएको बताएका हुन् ।

ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई छोटो सम्बोधन गरे । उनी पत्नी मेलानिया ट्रम्प र चुनावी अभियानका प्रमुख कर्मचारीसहित मञ्चमा पुगेका थिए ।

उनले भने, ‘हामी आफ्नो देशलाई अघि बढ्न मद्दत गर्नेछौं ।’ उनले अमेरिकाका लागि आफ्नो कार्यकाल ‘स्वर्णयुग’ हुने दाबी पनि गरेका छन् । उनले भने, ‘यो अमेरिकी जनताका लागि सानदार जित हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउनेछ ।’

ट्रम्पले आफ्नो चुनावी अभियानको नारा नै ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने राखेका थिए । अर्थात् अमेरिकालाई फेरि महान बनाउने उनको संकल्प थियो ।

ट्रम्पले आफ्नो जितको घोषणा गरे पनि आधिकारिक रुपमा चुनावी परिणाम घोषणा भएको छैन । उनले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दियो ।’

ल्भउबतयउम्ब्ख्
उनले फ्लोरिडाको चुनाव अभियानको मुख्यालयबाट आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् । जहाँ ठूलो मात्रामा उनको भाषण सुन्न मानिसहरू भेला भएका थिए । उनले आजको दिनलाई जिन्दगीको एक क्षणमा पछाडि फर्किएर आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने पनि बताएका छन् ।

सम्बन्धित खबर