LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो जितको घोषणा गरेका छन् । प्रमुख ब्याटलग्राउण्ड स्टेटमध्ये ३ वटामा जित निश्चित भएपछि समर्थकलाई सम्बोधन गर्दै उनले अमेरिकीले शक्तिशाली बहुमत दिएको बताएका हुन् ।

ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई छोटो सम्बोधन गरे । उनी पत्नी मेलानिया ट्रम्प र चुनावी अभियानका प्रमुख कर्मचारीसहित मञ्चमा पुगेका थिए ।

उनले भने, ‘हामी आफ्नो देशलाई अघि बढ्न मद्दत गर्नेछौं ।’ उनले अमेरिकाका लागि आफ्नो कार्यकाल ‘स्वर्णयुग’ हुने दाबी पनि गरेका छन् । उनले भने, ‘यो अमेरिकी जनताका लागि सानदार जित हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउनेछ ।’

ट्रम्पले आफ्नो चुनावी अभियानको नारा नै ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने राखेका थिए । अर्थात् अमेरिकालाई फेरि महान बनाउने उनको संकल्प थियो ।

ट्रम्पले आफ्नो जितको घोषणा गरे पनि आधिकारिक रुपमा चुनावी परिणाम घोषणा भएको छैन । उनले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दियो ।’

ल्भउबतयउम्ब्ख्
उनले फ्लोरिडाको चुनाव अभियानको मुख्यालयबाट आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् । जहाँ ठूलो मात्रामा उनको भाषण सुन्न मानिसहरू भेला भएका थिए । उनले आजको दिनलाई जिन्दगीको एक क्षणमा पछाडि फर्किएर आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने पनि बताएका छन् ।

सम्बन्धित खबर