LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । जनकपुरधाममा मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृतिपर्व २०८१ विभिन्न गरि कार्यक्रम मनाईएको छ ।
विद्यापति ट्रष्ट जनकपुरधामले बुधवार आयोजना गरेको विद्यापति स्मृति पर्वको अवसरमा कवि गोष्ठी, विद्यालय स्तरीय वृक्तृत्व कला प्रतियागिता तथा सम्मान कार्यक्रमको गरिएको छ ।

स्मृतिपर्वको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिका कवि मात्र नभई क्रान्तिकारी योद्धा समेत रहेको बताए । विद्यापतिले तत्कालिन समयमा सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा उल्लेखनिय योगदान पुर्याएको दावि गरे ।


नेपाल र भारतको जन्म देश नाकारण पुर्व नै विद्यापतिको जन्म भएको उल्लेख गर्दै नेता निधीले भने,‘ त्यसकारण नेपाल र भारत दुवै देशका साँझा धरोहर हुनुहुन्छ । उहाँको जन्म भएको स्थान अहिले भारतमा रहेकै अधारमा उहाँलाई भारतीय मात्र भन्न मिल्दैनन् ।उहाँको लेख रचनाले मैथिली भाषा,साहित्यमा प्राण दिने काम गरेको छ ।’

नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले पुष्टि गरेको दावि समेत गरे । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले १४ औँ शताब्दीका महान कवि, लेखक एवं साहित्यकार विद्यापतिको चर्चा नेपाल, भारतमा मात्र नभई बङ्गाली, उर्दु भाषी क्षेत्रमा पनि हुने गरेको बताए ।

साहित्यकार रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बङ्गाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताए ।

विद्यापति ट्रष्टका अध्यक्ष दिपक कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक पार्टीका नेता ज्ञानेन्द्र कुमार झा(ज्ञानु), काँग्रेसका नेता प्रवेश चौधरी सहितले मन्तव राखेका थिए ।

 

 

सम्बन्धित खबर