LIVE
ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त |

जनकपुरधाम । प्रत्येक वर्ष कार्तिक पुर्णिम धनुषा र सिरहा जोडने कमला नदीमा आज भुत मेला लागेको छ । मेलामा चिसोमा काम्दै धामीझाक्रीको आदेशमा कमलाको धार(पानी) मा ‘पापकी छय, धर्मकी जय’ जस्ता नारासँगै डुब्की लगाउनेहरुको भरिएको छ । कमला नदीको पवित्रता र महात्म् वारे विभिन्न धार्मिक पुस्तकहरुमा धेरै चर्चा र वर्णण गरिएकोले परापुर्वकालदेखि कमला स्नान अर्थात भुत मेला आयोजना हुदै आएको छ ।

कमला भुत मेलाको अवसरमा कमला नगरपालिकाले विहिवार र शुक्रवार र सबैला नगरपालिकाले आज शुक्रवार सार्वजनिक विदा दिएको छ । त्यसैगरि, कमला भुत मेलाको अवसरमा दैनिक तीन पटक जनकपुरधाम जयनगर संचालन हुने रेल सेवालाई नेपाल रेल्वे कम्पनिले अहिले बढाएको छ । विहिवार र शुक्रवार दैनिक ७ पटक रेल सेवा संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कार्तिक पुर्णिममा धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथै हजारौ संख्यामा श्रद्धालु भक्तजनहरुको प्रत्येक वर्ष त्यहाँ घुईचो लागने गर्छन् । त्यस्तै,‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ्य हुने मान्यता रहेको छ । शुक्रवार विहान २ वजेदेखि नै श्रद्धालुभक्तजनहरु जिसो मौसमको प्रवाह नै नगरि कमला नदिको धार(पानी)मा डुबकी (नुहाउनु) लगाउने छन् । कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध भएको विश्वासका साथ उनीहरु घर फर्केनेछन् ।

मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन ्। धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देबीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने जनविश्वास रहेको छ । पेहोलो धोतिमा पुरुष र पहेलो सारी लगाएका सिकारु धामीझाक्रीहरुले माटो फाडोमा आगो अर्घ लिई देविदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् ।

नयाँ सिकारु धामीझाक्रिीहरु, भुत लागेका, बोस्कीहरु पानीमा डुबकी लगाई रहदाँ वाहिर छेउछाउमा पलिहादेखि नै तान्त्रिक विद्यामा सिंद्ध भएका धामि तथा उनका सहयोगिहरुले झाल, ढोल, मादल बजाउदै महराई (लोक गीत) गराईरहेका हुन्छन् । कमलाको उत्तरवाहिणी, कमला ब्यारेज, पुल, सिक्रौन, चतरी, बेलहा, बटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजमा स्नान गर्न गाउँबाट धामीझाँक्रीसँगै आएकाहरू हजारौँको संख्यामा भिड हुन्छन् ।

हातमा धुपौरो, बेत वा बाँसको लठ्ठी समातेर काम्दै पूजासहित कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपविपत् नआउने धामीझाँक्रीको दावी छ ।
भूतप्रेत वा कुनै आत्माले शरिरमा बास गरेपछि त्यसले मानवलाई दुख दिने गर्छन् र त्यसलाई हटाउनका लागि यस्ता मेलाहरु नेपाल र भारतका विभिन्न स्थानमा लाग्ने गरेका गरेका छन् । यो एक प्रकारले विमारीलाई उपचार गर्ने केन्द्र पनि हो । र, मानिस विश्वास गरेर त्यहाँसम्म पुगेका हुन्छन् । त्यहाँ विभिन्न खालका धामी झाँक्रि हुन्छन्, जसले आफ्नो तन्त्रमन्त्रको विद्याले रोगीलाई ठिक पार्ने काम गरेका हुन्छन् ।

घरबाट निस्कदा भूत खेल्दै, लड्दै भिड्दै मेलासम्म पुगेका हुन्छन् तर जब धामीले मन्त्र जपेर उसको भूत भगाउँछ अनि उ निको भएर घर फर्कन्छन् । भूतका कारण घरमा विरामी जस्तै देखिने महिला वा पुरुष अथवा केटाकेटीहरु कुनै मेलाबाट निको भएर घर फर्किन्छन् अनि ती मेलाप्रति झन विश्वास बढ्छ । तर कतिपयले त्यसलाई नै अन्धविश्वस पनि भन्छन् ।

कात्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा गर्ने स्नानलाई कमला स्नान, भुत मेला भन्ने चलन रहेको छ । हिन्दु धर्ममा आत्मशुद्धि अर्थात पवित्र हुनका लागि कात्तिकमा कमला तथा गंगा स्नान गर्ने चलन छ । गंगा स्नान वा कमला स्नान गरेपछि पवित्र हुने जन विश्वास रहेको छ । त्यहाँ भूतप्रेत लागेका वा नयाँ सिकारु धामी झाँक्रि मात्र होइन, स्नान गर्नकै लागि हजारौं व्यक्ति कमला नदीमा पुगने गरेका छन् । कसैलाई भूत लागेका छन् भने त्यसलाई शरिरबाट हटाउनका लागि सतवैद अर्थात सत्यवचन बोलाउनका लागि गंगा स्नान र कमला स्नान गराउने गरेको पाइन्छ ।

त्यस्तै, कुनै कुनै व्यक्तिमा घरको देवता बास गरेका हुन्छन् । त्यसलाई शुद्धिकरण गर्न र सतवैद गराउनका लागि कात्तिक पूर्णिमाका दिन गंगा नदी तथा कमला नदीमा स्नान गराउने महोत्तरी बल्वाका एक धामीले बताए । कमला नदीको पाँच किलोमिटरसम्म दुवैपट्टिका नदीका किनारमा धामीझाँक्रीले देवता खेलिरहेका हुन्छन् । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका र नयाँ धामी झाँक्रीहरु पनि शुद्धिका लागि कमला नदीमा स्नान गर्ने गर्छन् ।


मिथिला समाजमा विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुने जनविश्वास रहदै आएको छ । धर्म गुरुहरुको अनुसार आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिरातिमा आ–आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राती सिद्धि गर्छन् ।

देवी देवताको गान स्थायी होस् भनेर आआफनो घरबाट आहुती (ढकनामा आगो बालेर बनाइएको) बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् । नदीमा स्नान गर्नुअघि उनीहरूले हातहातमा माटोको ढकना र बेत लिएका हुन्छन् । धामीले भनेको आधारमा उनीहरू भूत खेलिरहेका हुन्छन् ।

ढकनामा धुप राखि त्यसमा आगो बाल्ने गरिन्छ र त्यही बलिरहेको ढकना लिएर कमला नदीमा भूत खेरिहेका हुन्छन् । दनदनी बलिरहेको त्यो ढकना उदाउँदो सूर्यलाई देखाएर उनीहरू स्नान गर्न नदीमा पसेका हुन्छन् । धामीहरु त्यहाँ महराई गाइरहेका हुन्छन् । यसरी नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास रहेको छ । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको सँख्या पनि उल्लेख्य हुन्छ ।
प्रसादहरुका रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशंन हुँदै घर फर्केन्छन् ।
वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले कमला नदिमा स्नान गनु मिथिलाको पुरानो परम्परा रहेको बताए । उनले जानकी मन्दिरमा पहिला महन्थ सुरकिशोर दासले नयाँ जनकपुर खोजेगरेपछि मात्रै कमलामा स्नान गर्ने परम्परा सुरु भएको बताए ।


भुत मेलामा राम्रो आम्दनी गर्छन धामीझाक्रीहरु

भूत मेलाको दिन धामी क्राँक्रिहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । जसको घरमा देवी देवता तथा भूतप्रेतको समस्या हुन्छन् उनीहरुले धामीलाई रकम दिएर कमला नदीसम्म लग्छन् । त्यस वापत धामीहरुले उनीहरुबाट मोटो रकम असुल गर्छन् । एउटा धामीले धोती, कुर्ता, गम्छा लिनुको साथै २ हजारदेखि पाँच हजार सम्म रकम लिन्छन् । रकम नदिएसम्म धामीहरु कमला स्नान गराउन जाँदैनन् । अहिले भूत मेला पनि व्यपार भएको एक स्थानीयले बताए ।

एक दशक अघि सम्म धामीलाई धोती, कुर्ता, गम्छा मात्र दिएपछि पुग्थ्यो तर अहिले धामीहरुले बार्गेनिङ गरेर पैसा लिन्छन् अनि मात्र स्नान गराउनका लागि तयार हुन्छ । भुत मेला आयोजना हुदाँ दुई दिनको लागि भएपनि त्यस क्षेत्रको व्यापार व्यवसायमा पनि वृद्धि हुने गरेका छन् । स्थानीयका अनुसार कमला नदीको किनारामा वा त्यसको वरिपरि दुध, च्युरा, पानी, चिया लगायतका अत्यधिक विक्रि वित्तरण हुने गरेको छ ।

महिलाहरुले यस्ता कुरामा बढी विश्वास गरेका हुन्छन् । यस्ता कुरामा निरक्षर महिलाले मात्र होइन, साक्षर महिलाहरु पनि यस्ता भूतप्रेत, धामी झाँक्रिमा विश्वास गरेका हुन्छन् । कतिपय अवस्थामा धामीहरुले गाउँघरमा भय पनि देखाएका हुन्छन् ।

घरका कुनै सदस्य विरामी हुदाँ भुतप्रेतको भय देखाउने, कमला स्नान गरेर निको हुने भनेर सिधासोझा सर्वसधारणलाई धामीझाँक्रीले फकाई कमला नदि सम्म पुरयाउने गर्छन् । धामीझाँक्रीले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज रुपमा फकाउने गर्छन् ।

सम्बन्धित खबर