LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलाका स्थानीयहरुले प्रहरी प्रशासनहरुसँग मिलेर भुमाफियाहरु आफ्नो वस्ती उजार गर्न लागेको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेलाका स्थानीयहरुले बिहिवार विहान सामुहिक रुपमा पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् । करिव ३०÷३५ वर्ष अगाडी आफुहरुले त्यहाँका तत्कालिन जमिन्दार हरिप्रसाद रेगमीसँग जग्गा खरिद गरि घर बनाएको र अहिले आएका आफुलाई रेग्मीको नाति बताउने एक व्यक्तिले प्रहरी प्रशासनलाई प्रभावमा पारेर खाली गराउन लागि परेको स्थानीय मुस्लिम कवाडीले बताए । आफुहरु घर खाली गर्न नमान्दा राती राती प्रहरीले आफुहरु घरमा आएर धम्काउने तथा भयत्रास देखाउने गरेको उनीहरुले बताए ।


राइनका अनुसार तत्कालिन विन्दही गाविसका जमिन्दार रेग्मीको १८ कठ्ठा जग्गा थियो । उक्त जग्गा रेग्मीले प्लट गरि स्थानीयसँग बेचेर बस्ती बसाएका थिए । राइनले भने ‘आफू रेग्मीजीको कार्यकर्ता थिएँ, उनकै आदेशानुसार मैले रुपैयाँ लिएर जग्गा रजिष्ट्री गराएको थिएँ ।’ ३० वर्ष अगाडी उहाँबाट जग्गा किने, पछि रेग्मीजी यहाँबाट गईसक्नु भयो हामी घर बनाएर बस्न थाल्यौँ ।’ तर उनको नाती अचानक अहिले आएर मेरो १४ धुर जग्गा यसमा बाँकी छ, मलाई दिनु पर्यो भन्दै परेशान गर्ने गरेको राइनले बताए । उनले प्रहरी प्रशासन समेत पैसाबलाको बोली सुनेर राति राति लखेट्नकालागि आउने गरेको दुखेसो पोखे । प्रहरी प्रशासनले आफुहरुलाई सहयोग गर्नुको साट्टो भुमाफियाहरुलाई नै सहयोग गरिरहेको उनले आरोप लगाए ।

यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३को वडाध्यक्षका प्रत्याशी रंजित चौधरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर यहाँका गरिब विपन्नलाई राति राति आएर परेशान गर्नु चिन्ताको विषय रहेको बताए । उनले जिल्ला प्रहरी कार्यालयले आफै छलफलकालागि २६ गतेको मिति दिएपनि त्यस अगाबै यसरी तरकारी बेचेर गुजारा चलाउनेहरुलाई परेशान गर्नु उचित नरहेको बताए ।

सम्बन्धित खबर