LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी २५ पुसदेखि चिकित्साशास्त्र तर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु हुने भएको छ ।
एमबिबिएस अध्ययनअध्यापन सुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरण,जनशक्ति व्यवस्थापनसँगै चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थी भर्ना कार्य सम्पन्न भइसकेकोले अगामी २५ पुसदेखि पठनपाठन सुरु हुने प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले बताए ।
मधेश प्रदेशमा सरकारीस्तरमा एमबिएबिएसको पठनपाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । चिकित्साशिक्षा आयोगले निर्धारण गरेको रकम भुक्तान गरी एमबिबिएस पढ्न चाहनेहरूका लागि भने आगामी पुस २४ गतेसम्म नामांकन हुने जानकारी दिए । प्रतिष्ठानमा अहिले स्नातकतर्फ नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा चिकित्साशास्त्रको स्नातकोत्तरतर्फ चार विषयमा पठनपाठन हुँदै आएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबिबिएस अध्ययन गराउन स्रोत सुनिश्चित गर्ने निर्णयपछि यसका लागि गत साउन महिनाबाट भौतिक पूर्वाधार, उपकरण, अस्पतालको सेवा विस्तार तथा गुणस्तरवृद्धि, जनशक्ति व्यवस्थापन गरिएको उनले बताए । चिकित्सा शिक्षा आयोगले भने गत भदौमा ५० विद्यार्थीको कोटा दिँदै एमबिबिएस कक्षा सञ्चालन गर्न प्रतिष्ठानलाई स्वीकृति दिएको थियो ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश सरकारका कार्यकारी प्रमुखका रूपमा कार्यभार सम्हालिरहँदा जनमत पार्टीको शिक्षासम्बद्ध दृष्टिका आधारमा मधेशमा सरकारी तवरमा एमबिबिएसको पठनपाठन सुरु गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति डा.साहले एमबिबिएस पठनपाठनका लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षाकोठा, छात्रावास आदिको व्यवस्था गरिएको बताए । उनले क्लिनिकल अध्ययनका लागि पहिलेदेखिकै पूर्वाधारको स्तरोन्नति गरिएको र आधारभूत चिकित्साविज्ञान अन्तर्गत एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, क्म्युनिटी मेडिसिनलगायत विषय अध्यापन गराउन जनशक्ति व्यवस्थापन गरिएको बताए ।
जनकपुरधामस्थित प्रतिष्ठानमा एमबिबिएसको पठनपाठन सुरु भएपछि चिकित्सासेवामा सुधार, चिकित्सकको वृत्तिविकासमा टेवा, चिकित्साशास्त्रको अध्ययनअनुसन्धानमा टेवा पुग्ने उनले बताए ।

सम्बन्धित खबर