LIVE
जनकपुरधाम मैथिली साहित्य महोत्सवको पाँँचौ संस्करण ५ फागुनदेखि | नेकपा एमालेका पुर्व दुई साँसदद्वारा पार्टि परित्याग | कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ |

जनकपुरधाम । दिनभरि चल्ने हावाको कारण मधेशमा चिसो बढ्दै गपछि जनजीवन प्रभावित भएको छ ।

दिनभरि चल्ने पश्चिमी हावाको कारण्ण थप चिसो बढेपछि जनकपुरधामसहित हाट बजार तथ व्यापारिक केन्द्रमा सर्वसाधरणको चहलपहल घटेको छ । जनकपुरधामबाट लामो तथ छोरीको दुरीका सवारी साधन समेत प्रभावित भएको छ । जाडो छल्ने बालबालिका, वृद्धवृद्धाहरू आगो तापिरहेका ठाउँठाउँमा देखिन्छ ।

चिसो बढे पनिपछि अस्पतालमा मौसममा रुधाखोकी, निमोनिया लगायतका रोगहरू लाग्ने विरामीको संख्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका उप निर्देशक डा. केडि दासले बताए । चिसोको कारण बढी बालबालिका र वृद्धवृद्धाहरू प्रभावित हुने गरेको उनले बताए । उनले न्यानो लुगा लगाउन तथा झोलिलो खानेकुराहरू दिनुपर्ने सल्लाह दिए ।

विगतमा पनि पालिका तथा विभिन्न संघ संस्थाहरुले गरिव विपन्नमा ब्यलांकेट, कम्बल सहितका समानहरु वितरण गर्ने गरेपनि यस वर्ष अहिले सम्म देखिएको छैन । चिसोको कारण सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्यामा समेत कमि आएको छ ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याग्रिन थालेपछि दैनिक काम गर्ने मजदुरलई स्वास्थ्यमा समस्या आउने गरेको छ । बाहिर श्रम गर्ने श्रमिकहरु ऋटो रिक्सा, ठेल चलउने तथा निर्माणको काम गर्ने मजदुरलाई चिसोले बढी प्रभावित भएका छन् । शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपंक्षी तथा बालीनालीलाई असर पु¥याएको छ ।

दिउँसै लाग्ने कुहिरोको कारण सवारी दुर्घटना हुने सम्भावना जिल्ला ट्राफिक कार्यालय धनुषाले ठाउँठाउँमा चालकहरुमा सचेतन जगाउने गरेका छन् । कुहिरो लाग्ने गरेको कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने भएकोले विपरीत दिशाबाट आउने सवारीसाधान र पैदलयात्रु तथा सवारी दुर्घटना पर्ने जोखिम भएकोले ठाउँठाउँमा आफुहरुले निगरानि बढाएको धनुषा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।

धनुषा जिल्लामा पर्ने पुर्व पश्चिम रजमार्ग अन्तर्गत ठाउँठाउँमा गाडीको अगाडीको सिसा पोछनको चालकहरुलाई कपडा वित्तिरणदेखि चिसोमा हात तातो बनाउन आगो बल्ने गरेको उनले बताए । कुहिरो लागेको वेला सिमित गतिमा सवारी चलाउन उनले चालकहरुसँग अनुरोध समेत गरे ।

सम्बन्धित खबर