LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल बराबरिमा सम्पन्न भएको छ ।

जनकपुरधामको प्रस्तावित रामजानकी वहुउदेश्य अन्तराष्ट्रि रंगशालामा सोमबार भएको दोस्रो दिनको खेल सकिँदा बागमतीले लक्ष्य पूरा गर्न सकेन । मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनायो । रित गौतमले सर्वाधिक २५ रन बनाए भने शुभ कंसाकारले २३ रन बनाए । मधेशका कप्तान हरिशंकर साहले ३ विकेट लिँदा रुपेश सिंह, अभिषेक तिवारी र रन्जित कुमारले १–१ विकेट लिए ।

मधेशले दोस्रो इनिङमा ९ विकेट गुमाएर २११ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि १६३ रनको अग्रतासहित १६४ रनको लक्ष्य दिएको थियो ।
मधेशका लागि दोस्रो इनिङमा ओपनर मयन यादवले सार्वधिक १०६ रन बनाएका थिए । अभिषेक तिवारीले १९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन दिएर ५ विकेट लिए ।

सुर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १–१ विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश १०२ रनमा अलआउट हुँदा जवाफमा बागमतीले १५० रनमा अलआउट हुँदै ४८ रनको अग्रता बनाएपछि मधेशले दोस्रो इनिङ सुरू गरेको थियो ।

सम्बन्धित खबर