LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल बराबरिमा सम्पन्न भएको छ ।

जनकपुरधामको प्रस्तावित रामजानकी वहुउदेश्य अन्तराष्ट्रि रंगशालामा सोमबार भएको दोस्रो दिनको खेल सकिँदा बागमतीले लक्ष्य पूरा गर्न सकेन । मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनायो । रित गौतमले सर्वाधिक २५ रन बनाए भने शुभ कंसाकारले २३ रन बनाए । मधेशका कप्तान हरिशंकर साहले ३ विकेट लिँदा रुपेश सिंह, अभिषेक तिवारी र रन्जित कुमारले १–१ विकेट लिए ।

मधेशले दोस्रो इनिङमा ९ विकेट गुमाएर २११ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि १६३ रनको अग्रतासहित १६४ रनको लक्ष्य दिएको थियो ।
मधेशका लागि दोस्रो इनिङमा ओपनर मयन यादवले सार्वधिक १०६ रन बनाएका थिए । अभिषेक तिवारीले १९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन दिएर ५ विकेट लिए ।

सुर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १–१ विकेट लिए ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश १०२ रनमा अलआउट हुँदा जवाफमा बागमतीले १५० रनमा अलआउट हुँदै ४८ रनको अग्रता बनाएपछि मधेशले दोस्रो इनिङ सुरू गरेको थियो ।

सम्बन्धित खबर