LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मुस्लिम अगुवा नेता साजिद हुसेनकी स्वगीय श्रीमती रईसा खातुनको प्रथम स्मृति दिवसको अवसरमा रईसा ट्रस्टले पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जनकपुरधाम–८ मा शनिवार ट्रष्टले आयोजना गरेको रक्तदान कार्यक्रमा दुई महिलासहित १७ जनाले रक्तदान गरेका छन् । जनता समाजवादी पार्टीका भातृ संगठन मुस्लिम समाजवादी संघ मधेश प्रदेश अध्यक्ष मोसाहिद हुसेन, मुस्लिम नेता अजिज राईनसहितले रक्तदान गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साह प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

कार्यक्रममा उनले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै ट्रस्टको यस प्रयासको प्रशंसा गरे र ट्रस्टको भविष्य प्रगतिपूर्ण हुने कामना व्यक्त गरे । ट्रस्टले रक्तदान जस्तो मानवीय कार्यमार्फत सामाजिक सेवामा महत्वपुर्ण योगदान पुरयाएको उनले बताए ।

रइसा ट्रस्टका अध्यक्ष नजामुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुस्लिम नेता मौलना ईजरायल रिजवी, जनमत पार्टीका केन्द्रिय सदस्य साविर राईन, नेकपा एमालेका प्रदेश सदस्य हकिम राईन, मुस्लिम अगुवा नेता आविद हुसेन शाह, आशिक अलीसहितको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी रक्तदाताहरूले मानव जीवन बचाउन रक्तदानको महत्वबारे जागरूकता फैलाउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रमको उदघोषण साजिद हुसेनले गरेका थिए भने कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, ट्रस्टका सदस्य, र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका रहेको थिए ।

सम्बन्धित खबर