LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मुस्लिम अगुवा नेता साजिद हुसेनकी स्वगीय श्रीमती रईसा खातुनको प्रथम स्मृति दिवसको अवसरमा रईसा ट्रस्टले पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जनकपुरधाम–८ मा शनिवार ट्रष्टले आयोजना गरेको रक्तदान कार्यक्रमा दुई महिलासहित १७ जनाले रक्तदान गरेका छन् । जनता समाजवादी पार्टीका भातृ संगठन मुस्लिम समाजवादी संघ मधेश प्रदेश अध्यक्ष मोसाहिद हुसेन, मुस्लिम नेता अजिज राईनसहितले रक्तदान गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साह प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए ।

कार्यक्रममा उनले रक्तदानलाई जीवनदानसँग तुलना गर्दै ट्रस्टको यस प्रयासको प्रशंसा गरे र ट्रस्टको भविष्य प्रगतिपूर्ण हुने कामना व्यक्त गरे । ट्रस्टले रक्तदान जस्तो मानवीय कार्यमार्फत सामाजिक सेवामा महत्वपुर्ण योगदान पुरयाएको उनले बताए ।

रइसा ट्रस्टका अध्यक्ष नजामुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुस्लिम नेता मौलना ईजरायल रिजवी, जनमत पार्टीका केन्द्रिय सदस्य साविर राईन, नेकपा एमालेका प्रदेश सदस्य हकिम राईन, मुस्लिम अगुवा नेता आविद हुसेन शाह, आशिक अलीसहितको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी रक्तदाताहरूले मानव जीवन बचाउन रक्तदानको महत्वबारे जागरूकता फैलाउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रमको उदघोषण साजिद हुसेनले गरेका थिए भने कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, ट्रस्टका सदस्य, र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका रहेको थिए ।

सम्बन्धित खबर