LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेश सरकारले एसइइको नजिता सुधार गर्न प्रदेशभरि १ सय ३२ स्वयंमसेवक शिक्षक परिचालन गर्ने भएको छ ।

विद्यालय शिक्षाको गुणस्तर बढाउन तथा उपलब्धी मुलक सिकाइ हासिल गर्न प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा विभिन्न ४ विषयका अध्ययापन गराउन स्वयंसेवक शिक्षक भर्ना गरिने भएको छ ।

प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले बिहीबार १ सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । मधेश प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको हो । गत एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवम् परिमार्जन भएको छैन । जसले गर्दा अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव र विद्यार्थी अनुपातमा शिक्षकको कमी रहेको छ ।

प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गनर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्न्त्री सतिशकुमार सिँहले बताए । विद्यालयमा बर्सेनि शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा आँग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा नौ र दसका विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको छ ।

यस्तोमा नयाँ पाठ्यक्रम र शिक्षण शैली अनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिम प्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले बताइन् ।

उनले एसइइमा मधेश प्रदेशका विद्यार्थीको नतिजा उत्साहजनक नहुने कारणमध्ये शिक्षक दरबन्दी अभाव र शिक्षकको कमी पनि मूलकारण रहेको औंल्याइएको बेला नमुना विद्यालय र शिक्षक आवश्यक भएका विद्यालयमा प्रदेश स्वयंसेवक शिक्षक परिचालन गरिने जानकारी दिइन् ।

सामुदायिक विद्यालयका लागि शिक्षक परिपूर्ति गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएपछि केही योग्य र अनुभवी व्यक्तिले सामान्य रोजगारसमेत पाउने तथा नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले बताए ।

सम्बन्धित खबर