LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको नेतृत्वमा नेपाल सरकारले मधेश प्रदेशको महोत्तरी जिल्लामा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

बलवा नगरपालिका–६, बलवा क्षेत्रमा नयाँ व्यवसायिक प्रशिक्षण केन्द्र निर्माण गर्ने निर्णयले स्थानीय युवाहरू र श्रमिकहरूको जीवनस्तर उकास्ने र उनीहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने दिशामा महत्वपूर्ण कदम उठाएको छ ।

मन्त्री भण्डारीले भने, ‘यस निर्णयसँगै मधेश प्रदेशमा सीपमूलक तालिमको पहुँच विस्तार गरिने छ । यसले स्थानीय युवाहरूलाई दक्ष जनशक्ति बन्ने अवसर प्राप्त हुनेछ । यस केन्द्रबाट तालिम प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउनका लागि नेपाल सरकार दीर्घकालीन योजना बनाएर अघि बढिरहेको छ ।’

सरकारले दीर्घकालीन योजनाअनुसार व्यवसायिक तालिमलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुधारहरू ल्याउने तयारी गरेको छ । बलवा नगरपालिकामा अत्याधुनिक सुविधासम्पन्न व्यवसायिक प्रशिक्षण केन्द्र निर्माण भएपछि यहाँका युवा र श्रमिकहरूको सीपको स्तरमा वृद्धि हुने उनीहरूले आफूलाई आत्मनिर्भर बनाउने अवसर पाउनेछन् ।

मन्त्री भण्डारीले थपे, ‘हामीले अब व्यवसायिक तालिमको नयाँ ढाँचा अपनाएका छौँ जसले मधेश प्रदेशका युवाहरूलाई देश र विदेशका बजारमा रोजगारीको अवसर प्राप्त गराउने लक्ष्य राखेको छ ।’

नेपाल सरकारले रोजगारदाता संस्थाहरू र निजी क्षेत्रसँग सहकार्य गर्दै तालिम प्राप्त व्यक्तिहरूको रोजगारीका लागि विभिन्न पहलहरू गर्दै आएको छ । यस नयाँ पहलले मधेश प्रदेशमा रहेका लाखौँ युवाहरूको रोजगारी संकटलाई समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित खबर