LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच भएको विवादमा प्रहरीले गोली चलाउदाँ एक युवक गम्भिर घाईते भएका छन् ।

सबैला नगरपालिका–९ भठिहन चोकको नामाकरणको लागि दुई समुह बीच पछिल्लो एक सप्ताहदेखि तनाव रहेको थियो । तर सोमवार दुई पक्ष बीच विवाद झडपको रुपमा परिणत भएपछि प्रहरीले गोली चलाउदाँ एक युवक गम्भिर घाइते भएका छन् ।

घाईते हुनेमा शहिदनगर नगपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन ल्याइएको छ ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो । घटना साम्य बनाउनुको साट्टो प्रहरीले गोलि चलाएर उग्र बनाएको स्थानीयको आरोप छ ।

सम्बन्धित खबर