LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच भएको विवादमा प्रहरीले गोली चलाउदाँ एक युवक गम्भिर घाईते भएका छन् ।

सबैला नगरपालिका–९ भठिहन चोकको नामाकरणको लागि दुई समुह बीच पछिल्लो एक सप्ताहदेखि तनाव रहेको थियो । तर सोमवार दुई पक्ष बीच विवाद झडपको रुपमा परिणत भएपछि प्रहरीले गोली चलाउदाँ एक युवक गम्भिर घाइते भएका छन् ।

घाईते हुनेमा शहिदनगर नगपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको प्रहरी नायव उपरीक्षक सिंहले बताए । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन ल्याइएको छ ।

भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड लगाएपछि अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो । घटना साम्य बनाउनुको साट्टो प्रहरीले गोलि चलाएर उग्र बनाएको स्थानीयको आरोप छ ।

सम्बन्धित खबर