LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपालका अजमेर सरिफ भनिएका महोत्तरीको रौजा मजार शरीफमा यस प्रत्येक वर्ष झै यस वर्षपनि मंगलवारदेखि तीन दिवसिय उर्स(जलसा) हुने भएको छ ।

रौजा मजार शरीफ विकास समितिका अध्यक्ष सलिम राईनका अनुसार उर्स चैत२६, २७ र २८ गते तीन दिवसिय मनाईनेछ । उर्सको सम्पुर्ण तयारी भईसकेको अध्यक्ष राईनले जानकारी दिए । तीन दिवसीय उर्सलाई भव्य बनाउन नेपाल तथा छिमेकी राष्ट्र भारतबाट प्रसिद्ध धार्मिक प्रवचन गर्न मोफ्ती, मौलना तथा शायरहरुलाई आमन्त्रण गरिएको र उहाँहरु आउने निश्चित भएको अध्यक्ष राईनले बताए ।


नेपाल, भारतसहित बाट लाखौको संख्यामा को उर्समा सहभागि हुने धार्मिक पर्यटकलाइै मध्यनजर गर्दै मजार विकास समितिले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । मजारमा बाबा गदाअली शाह,बाबा रहम अली शाह र वहार अली शाहको मजार शरीफ रहेको छ । तीनै बाबाले समाजमा शिक्षा तथा समाज जनचेतना जगाउन करिव ३ सय वर्षभन्दा अघि जंगल नै जंगलले भरिएको सो आएका थिए ।

भारतको अजमेरस्थित बाबा खाजा अली शाहको निर्देशनमा आएका उनीहरु रौजमा बसेर ज्ञान दिने तथा सर्वसाधारण जनताको दुःख कष्ट निदान गर्ने गरेका थिए । अल्लाहको बाबाको सोही महिमालाई आज पनि कायम रहेको भन्दै वर्षेणी लाखौ श्रद्र्धालुभक्तजन रौजा मजार शरीफमा आउने गरेको स्थानीयहरुको भनाई छ ।

सम्बन्धित खबर