LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । राष्ट्रिय दलित आयोगले चौथो वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष प्रस्तुत गरेको छ ।

आयोगका सदस्य टुन्जे बराइलीको नेतृत्वमा आएको टोलीले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख झण्डारीलाई बुझाएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ३० अनुसार आयोगले प्रतिवेदनलाई प्रदेश प्रमुखको समक्ष प्रस्तुत गर्ने परम्परा अनुसार कार्यक्रम सम्पन्न भएको हो । आयोगका सदस्य बराइलीले दलित समुदायको सामाजिक र आर्थिक उन्नतिका लागि आयोगले गरिएका पहलहरूको समीक्षा गरे ।

प्रतिवेदनमा दलित समुदायको अधिकार र समृद्धिका लागि आयोगले गरेका विभिन्न कार्यक्रम र गतिविधिहरूको विवरण दिइएको छ । साथै, आगामी वर्षका लागि आयोगको रणनीतिक योजना र आगामी कार्यहरूको बारेमा पनि जानकारी प्रदान गरिएको छ ।

प्रदेश प्रमुख भण्डारीले दलित समुदायको उत्थान र सशक्तिकरणमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । उनले समानताको मार्गमा भइरहेको प्रगति र सामाजिक समृद्धिका लागि अझ धेरै प्रयास गर्न आग्रह गरिन् ।

 

सम्बन्धित खबर