LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । राष्ट्रिय दलित आयोगले चौथो वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष प्रस्तुत गरेको छ ।

आयोगका सदस्य टुन्जे बराइलीको नेतृत्वमा आएको टोलीले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख झण्डारीलाई बुझाएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ३० अनुसार आयोगले प्रतिवेदनलाई प्रदेश प्रमुखको समक्ष प्रस्तुत गर्ने परम्परा अनुसार कार्यक्रम सम्पन्न भएको हो । आयोगका सदस्य बराइलीले दलित समुदायको सामाजिक र आर्थिक उन्नतिका लागि आयोगले गरिएका पहलहरूको समीक्षा गरे ।

प्रतिवेदनमा दलित समुदायको अधिकार र समृद्धिका लागि आयोगले गरेका विभिन्न कार्यक्रम र गतिविधिहरूको विवरण दिइएको छ । साथै, आगामी वर्षका लागि आयोगको रणनीतिक योजना र आगामी कार्यहरूको बारेमा पनि जानकारी प्रदान गरिएको छ ।

प्रदेश प्रमुख भण्डारीले दलित समुदायको उत्थान र सशक्तिकरणमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । उनले समानताको मार्गमा भइरहेको प्रगति र सामाजिक समृद्धिका लागि अझ धेरै प्रयास गर्न आग्रह गरिन् ।

 

सम्बन्धित खबर