LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपालको अजमेर सरिफ भनिन्े महोत्तरीको रौजा मजार सरिफमा लागेका तीन दिवसीय उर्स बिहीबार सम्पन्न भएको छ ।

उर्सको अन्तिम दिन बिहीबार दिउँसो ३ बजे भारत बिहार राज्यको पोखरैरा सरिफमा मोस्फती मोहम्द रेजाले नेतृत्वमा बाबा गदाअली शाह, बाबा बहार अली शाह र बाबा रहम अली शाहको मजारमा छुटाछुटै चादर पोसी गरेका थिए । मजार विकास समितिले उर्सको पहिलो दिन शाही चाँदर पोशी र उर्सको अन्तिम दिन चादर पोशी गर्ने परम्परा रहेको छ ।


चादर पोसीमा धार्मिक गुरुहरू मोफ्ती, मौलना, मोल्बी तथा श्रद्धालु भक्तजनको सहभागिता थियो । बाबा गदाअली शाह नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा पनि प्रसिद्ध रहेको छ ।

बाबाको उर्समा नेपाल, भारतसहितका लाखौँ श्रद्धालु भक्तजन(मुजाहिदिन) साहभागि हुने गरेका छन् । ‘भाकल गरेका व्यक्तिहरूको मनोकांक्षा पूरा हुने गरेकाले बाबाप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको छ’, रौजा मजार विकास समितिका अध्यक्ष सलिम राईनले भने ।


यस वर्ष वर्षाको कारण श्रद्र्धालुभक्जनहरुको सहभागितामा केहि कमि आएपनि उर्स भव्य र सफल रुपमा सम्पन्न भएको अध्यक्ष राईनले बताए । उर्सको अन्तिम दिन महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, महोत्तरीका प्रहरी उपरीक्षक नखुल पोखरेल, सशस्त्र प्रहरीका उपरीक्षक, अनुसन्धान विभाग महोत्तरीका एसपी सहितले समेत मजारमा पुगेका थिए ।

उर्समा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत, लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईन मजारमा पुगेका थिए ।
तीनै बाबाले समाजमा शिक्षा तथा समाज जनचेतना जगाउन करिव ३ सय वर्षभन्दा अघि जंगल नै जंगलले भरिएको सो आएका थिए । भारतको अजमेरस्थित बाबा खाजा अली शाहको निर्देशनमा आएका उनीहरु रौजमा बसेर ज्ञान दिने तथा सर्वसाधारण जनताको दुःख कष्ट निदान गर्ने गरेका थिए ।

बाबाहरु अल्लाहको वली रहेको र बाबाको मजारमा दुवा गर्दा अल्लाहले चाँडै कबुल गर्ने विश्वासको साथ वर्षेणी लाखौ श्रद्र्धालुभक्तजनहरु आउने गरेको मजार सरिफका सचिव अली हुसेनले बताए ।

सम्बन्धित खबर