
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशनलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष यादवले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त गर्न नसक्ने बताए ।

केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहेपनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उनको भनाइ थियो ।
वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेको उल्लेख गर्दै उनले भने,‘ देशको विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिले जनतामा निराशा बढ्दै छ । अगामी दिनमा सरकारले निर्वाचन मार्फत यसको जवाफ दिनेछ ।’