LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी संगठनलाई थप सुदृढ र समावेशी बनाउने अभियान अन्तर्गत महोत्तरीका चर्चित समाजसेवी तथा जुझारु नेता कलामुद्दीन राईनलाई पार्टीको सह–महासचिवमा मनोनीत गरेको छ ।

दलित, मुस्लिम तथा पछाडि पारिएका वर्गको हक–अधिकारका लागि लामो समयदेखि संघर्षरत राईनलाई पार्टीले सह महासचिवम मनोनित गरिएको छ । त्यसैगरी, लोसपाले महोत्तरीका हरिनन्दन ठाकुर र कैलालीका नरेश चौधरी र राजु वर्णवाललाई पार्टीको केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । त्यसैगरि, महोत्तरीका राजु चौधरी, गौतम ठाकुर र रौतहटका सरोज प्रसाद कुर्मीलाई केन्द्रिय सदस्य –दिल्ली प्रवास)मा मनोनित गरिएको छ ।


जमीनी तहदेखि नेतृत्वमा पुगेका राईनको यो मनोनयनले पार्टीको सांगठनिक ढाँचा अझ सुदृढ हुने विश्वास पार्टीभित्र ब्यापक रूपमा व्यक्त गरिएको छ ।
शालीन, इमानदार र सेवामुखी छविका राईन पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारी निकट नेताका रूपमा चिनिन्छन्। पछिल्लो निर्वाचनमा उनले भण्डारी र पार्टी अध्यक्ष महन्त ठाकुरलाई विजयी गराउन खेलेको भूमिकालाई पार्टी नेतृत्वले निकै मूल्यांकन गरेको थियो ।


राईन नेता राईन ग्रामिण् स्तरमा गहिरो पकड राख्ने नेता हुन्। सामाजिक न्याय, समावेशिता र अल्पसंख्यक समुदायको सशक्तिकरणमा उनले पु¥याएको योगदान उल्लेखनीय छ । उनी वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका सदस्य रहेका बेला जनकपुर जलेश्वर सडक खण्डलाई चारलाईनका बनाउनका लागि आमरण अनशनमा समेत बसेका थिए ।

महोत्तरीको राजनीतिक वृत्तमा उनको सह–महासचिव मनोनयनलाई लोसपाको रणनीतिक सन्तुलन र समावेशी सोचको उदाहरणका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर