LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आन्दोलनमा होमिएको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रवार दिउँसो बुझाएको ज्ञापनपत्र उल्लेख गरिएका मागहरु अगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा समावेश गर्न नेकपा एसले माग गरेको छ । मधेश प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जनजीविकासँग गाँसिएका आधारभूत मुद्दाहरूलाई समाजवादी दृष्टिकोणले सम्बोधन गर्न आग्रह गर्दै कृषि, सिचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा प्रभावकारी र जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।

ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षालगायत जनजीवनका विविध पक्ष समेटिएको छ । प्रदेश इन्चार्ज साहले भने, ‘हामी सरकारसँग परिवर्तनको माग मात्र नभई समाधानको खाका पनि दिएका छौँ । अब सरकारको ईमानदारी परीक्षणको घडी आएको छ ।’ प्रदेशवासीले सरकारको अनुभुति हुने गरि काम गर्न मुख्यमन्त्री सिंहलाई समेत सुभाए ।

सम्बन्धित खबर