LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

जनकपुरधाम । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ आन्दोलनमा होमिएको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रवार दिउँसो बुझाएको ज्ञापनपत्र उल्लेख गरिएका मागहरु अगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा समावेश गर्न नेकपा एसले माग गरेको छ । मधेश प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जनजीविकासँग गाँसिएका आधारभूत मुद्दाहरूलाई समाजवादी दृष्टिकोणले सम्बोधन गर्न आग्रह गर्दै कृषि, सिचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा प्रभावकारी र जनमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ ।

ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षालगायत जनजीवनका विविध पक्ष समेटिएको छ । प्रदेश इन्चार्ज साहले भने, ‘हामी सरकारसँग परिवर्तनको माग मात्र नभई समाधानको खाका पनि दिएका छौँ । अब सरकारको ईमानदारी परीक्षणको घडी आएको छ ।’ प्रदेशवासीले सरकारको अनुभुति हुने गरि काम गर्न मुख्यमन्त्री सिंहलाई समेत सुभाए ।

सम्बन्धित खबर