LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । महोत्तरीको भंगाहा नगरपालिका–९ की एक १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरिएको आरोपसहित उनकी आमाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गरेकी छिन् । जाहेरी अनुसार किशोरीलाई विवाहको प्रलोभन देखाई धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका नइम कवारीले जबरजस्ती करणी गरेका हुन् ।

पीडितकी आमाले शुक्रबार नेपाल पत्रकार महासंघ धनुषामा पत्रकार सम्मेलनको आयोजना गर्दै छोरीमाथि करणीको जाहेरी दिएपनि अहिले सम्म कुनै कारवाही नगरिएको बताईन । उनले दिएको जाहेरीअनुसार, उनीकी छोरी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । मोबाइलमार्फत संचार हुँदै जाँदा विपक्षी नयाँम कवारीसँग चिनजान भएको र पछिल्लो समय नियमित सम्पर्क भइरहने गरेको थियो । विपक्षीले विवाहको झूटो आश्वासन दिँदै पीडितलाई २०८१ साल माघ ४ गते दिउँसो २ बजे बाँसघारी क्षेत्रको एकान्त स्थानमा बोलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

पीडित बालिकाकी बुबाको मृत्यु भईसकेको छ । नवाली छोरीलाई विवाहको झुठो आवश्वासन दिएर कवारीले छोरीको जीवनसँग खेलवाडको बताउँदै उनले भनिन्,‘छोरीको न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय धनुषामा कयौ पटक गएर र प्रहरीले पीडकलाई करर्वाही गर्नुको साट्टो मिलापत्र गर्न दवाव दिइन्छन् ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पीडकलाई पक्राउ गरेर जिल्लामा उपस्थित गराउन धनुषा प्रहरीलाई पत्रचार गरेको एक महिनाभन्दा बढी भईसक्दा पनि धनुषा प्रहरीले कवारीलाई पक्राउ गर्न नचाहेको उनले आरोप लगाईन् । जिल्ला प्रहरी कार्यालय धनुषाले लक्ष्मीनिया प्रहरी चौकीमा कवारीलाई पक्राउ गर्न पत्र पठाई सकेको छ, उनले अगाडी भनिन,‘ तर लक्ष्मीनिया प्रहरी चौकीमा इन्चार्जले उल्टै १ लाखमा पीडकका परिवारसँग मिलापत्र गर्न दवाव दिईरहेका छन् ।’

छोरीसँग भएको घटनाको कारण आफुहरुको समाजिक प्रतिष्ठा र मानसम्मान अघात भएको बताउँदै उनले छोरीको न्यायको लागि पहल गरिदिन सरोकारवालाहरुसँग आग्रहा समेत गरिन् । पीडित पक्षले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम विपक्षीमाथि कानुनी कारबाहीको माग गर्दै हदैसम्मको सजाय र क्षतिपूर्ति समेत माग गरेका छन् ।

 

सम्बन्धित खबर