LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण अन्तर्गत उत्खनन् तथा विकास कार्य अगाडी बढाईएको छ ।

मधेश प्रदेश सरकारको दुधमति नदिलाई गौरवको आयोजनाको रुपमा विकास कार्य अगाडी बढाएको हो । प्रदेशका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले दुधमति नदि संरक्षण तथा सौन्दर्यकरण आयोजना सरकारले गौरवको आयोजना को रूपमा अगाडी बढाएको बताए ।

दुधमति नदि संरक्षण तथा सौन्दर्यकरणको आयोजनाको कार्यविधि पारित भई नाक्सांकन, सिमांकनको काम सम्पन्न भई डिपिआर तयारी अन्तिम चरणमा पुगेको मन्त्री यादवले बताए । आयोजनामा अझ तिव्रता ल्याउन, व्यवस्थापन तथा प्रचार प्रसार गर्नका लागि विभिन्न समितिहरू गठन प्रक्रिया अघि बढाउने बुधवार निर्णय भएको मन्त्री यादवले बताए ।

बुधवार दुधमति नदी संरक्षण तथा विकास कार्य उपसमितिको बसेको बैठकबाट नदी उत्खनन् तथा विकास कार्य व्यवस्थापनको कार्य तिव्रगतिमा अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक र प्रचार प्रसार समिति गठन गरिने निर्णय गरिएको हो ।

सो समितिहरूले आयोजना कार्यान्वयनको क्रममा देखा पर्न सक्ने संभावित प्राविधिक जोखिम, जटिलता र कठिनाईलाई समयमा नै पत्ता लगाई समाधानका लागि आवश्यक सुझाव उपसमितिलाई सिफारिश गर्ने एवम् दुधमती नदीको ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वलाई प्रचार प्रसार गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा देश र विदेशमा प्रचार प्रसार उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय मातहत रहेर गर्नेछ ।

समितिका पदाधिकारीहरुको नियुक्ति, कार्यक्षेत्रगत शर्त एवम् पारिश्रमिक सम्बन्धी आवश्यक कुरा सम्बन्धमा उपसमितिको आगामी बस्ने बैठकबाट निर्णय गरिने निर्णय गरिएको उपसमितिका संयोजक समेत रहेका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिए।
आयोजनालाई नतिजामूखी एवम् निर्धारित समयमा सम्पन्न गर्न, नियमित प्रशासकीय, प्राविधिक तथा व्यवस्थापकीय कार्यहरु गर्नका लागि आयोजनाको उदगम् स्थल नजिक पायक पर्ने स्थानमा आयोजनाको नामबाट कार्यालय स्थापना गर्न मन्त्रालय समक्ष सिफारिश गर्ने निर्णय समेत गरिएको छ ।
आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न स्वीकृत बहुवर्षीय आयोजनाको लागत अनुमान बमोजिम आवश्यक बजेट प्राथमिकताका साथ अगामी वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गराउने निर्णय पनि गरिएको मन्त्री यादवले जानकारी दिएका छन् ।
बैठकमा मन्त्रालयका निमित सचिव रामकुमार खंगले आयोजनाको आवश्यकता र महत्व बारे प्रकाश पारेका थिए भने डि.ई. रत्नेश्वरलाल कर्णले दुधमति नदीको वर्तमान अवस्था र प्रारम्भिक चरणमा गरिने कार्य बारे विस्तृत विवरणसहित जानकारी गराएका थिए ।

 

सम्बन्धित खबर