LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३, पिरारीका स्थायी बासिन्दा तैयब राईन र उनकी धर्मपत्नी नजमा खातुनलाई साउदी अरबको मक्का–मदिना तीर्थयात्राका लागि प्रस्थान गर्नुअघि इस्लाम समाज सेवा समितिले एक विशेष कार्यक्रमका बीच सम्मान तथा विदाई गरेको छ।
सोमबार बिहान जनकपुरधाम–१३ मा आयोजित कार्यक्रममा समितिले हज यात्रामा जान लागेका राईन दम्पतीलाई पारम्परिक दोसला ओढाई सम्मान गर्दै शुभकामना व्यक्त ग¥यो। कार्यक्रममा जनकपुरधाम –१३ का वडाअध्यक्ष राउतले हज यात्राका लागि राईन दम्पतीलाई शुभकामना दिँदै जनकपुरधामको समृद्धि, शान्ति र विकासको कामना गर्दै पवित्र स्थलमा पुगेर जनताको लागि दुवा गरिदिन अनुरोध गरे। साथै, आफ्नै वडाबाट पहिलोपटक हज यात्रामा सहभागी हुन लागेकोमा गर्व र खुशी व्यक्त गरे।


हज यात्री तैयब राईनले कार्यक्रममा सम्बोधन गर्दै जीवनमा साक्षात्कार वा अनजाने कुनै गल्ती भएको खण्डमा सबैसँग क्षमायाचना गरे। स्थानीय समाजले देखाएको माया, सम्मान र सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने, “हाम्रो हज यात्रा अल्लाहले कबुल गरून भन्ने कामनाका साथ सबैजनाले दुवा गरिदिनुहोस्।”


कार्यक्रममा नेकपा एमालेका जनकपुरधाम–१३ का वडाध्यक्ष तथा इस्लाम समाज सेवा समितिका पूर्व अध्यक्ष अजिज राईनले पनि हज यात्री राईन दम्पतीलाई शुभकामना व्यक्त गर्दै सफल यात्राको कामना गरे।

समारोह इस्लाम समाज सेवा समितिका अध्यक्ष कलाम राईनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हज यात्री राईन दम्पतीसँगै समितिका अन्य पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिँदै समुदायमा पु¥याएको योगदानको कदर गरिएको थियो।

सम्बन्धित खबर