LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेस प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०८२÷०८३को नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेस सरकारको निति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमको निरन्ताको साथै कृषिलाई प्राथमितामा राखिएको छ । नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूति तर्फ पनि जोड दिएको छ ।

मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम भने यस पटकपनि आकर्षक नाराले भरिएको छ । कृषिलाइ अर्थतन्त्रका मेरुदण्डका रूपमा प्रयोग गरी मधेसलाई आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा दिइएको छ भने ‘मधेशको शान, स्थानीय मखान’ नाराका साथ मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ , ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’, रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारीको नारा दिइएको छ । त्यसैगरि, बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ साक्षरता के दीप जलाओ’ र ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८२_८३ को निति तथा कार्यक्रम_250606_182116

सम्बन्धित खबर