LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मधेस प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०८२÷०८३को नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेस सरकारको निति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदीले प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमको निरन्ताको साथै कृषिलाई प्राथमितामा राखिएको छ । नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिबृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूति तर्फ पनि जोड दिएको छ ।

मधेश सरकारले ल्याएको नीति तथा कार्यक्रम भने यस पटकपनि आकर्षक नाराले भरिएको छ । कृषिलाइ अर्थतन्त्रका मेरुदण्डका रूपमा प्रयोग गरी मधेसलाई आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा दिइएको छ भने ‘मधेशको शान, स्थानीय मखान’ नाराका साथ मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ , ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’, रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारीको नारा दिइएको छ । त्यसैगरि, बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ साक्षरता के दीप जलाओ’ र ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८२_८३ को निति तथा कार्यक्रम_250606_182116

सम्बन्धित खबर