LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ ।

मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आज प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट सार्वजनिक गरेका हुन् । चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ३५.८९ प्रतिशत हो ।

यस्तै पुँजीगततर्फ ३० अर्ब २६ करोडको २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ६४.११ प्रतिशत हो । चालु वर्षको तुलनामा अगामी अवाको बजेट ६.१३ प्रातिशतले बढिरहेको छ ।
आन्तरिक राजस्वबाट ९ अवै ५० करोड ८३ लाख, समानीकरण अनुदानबाट ७ अर्व ७२ करोड, १९ लाख, सर्शत अनुदानबाट ४ अर्व २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरि जम्मा १२ अर्व ७३ करोड ६४ लाख राजस्व बाँडफाँडबाट १२ अर्व ३५ करोड र गत वर्षको मौज्यातबाट १० अर्व ३८ करोड २ लाख ५१ हजार र घटी हुन आएका २ अर्व रुपैयाँ आन्तरिक ऋणबाट पुरा गर्ने गरि बजेट विनियोजन गरिएको छ ।
चालु अवा जस्तै यस वर्षपनि प्रदेश सरकारले सबभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको छ । भौतीक पुर्वाधार विकास मन्त्रालयलाई १५ अर्व ८८ करोड विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक सडक र एक निर्वाचन एक पक्की एक पुलको तथा २१ व्टा पालिकालाई पक्की सडकसँग जोडने कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।

त्यसैगरि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ अर्व ४५ करोड ६१ लाख विनियोजन गरिएको छ । मुख्यमन्त्री घरदैलो स्वास्थ्य कार्यक्रम, प्रादेशिक अस्पतालहरुको स्तरउन्नतीको लागि स्वास्थ्य उपकरण जडान, सर्लाहीको धनकौलमा ५० शैयाको आमा तथा बालबालिका अस्पताल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

उर्जा सिचाँई तथा खानेपानीलाई ४ अर्व ४१ करोड, शिक्षा तथा संस्कृती मन्त्रालय तर्फ ३ अर्व ५७ करोड विनियोजन गरिएको छ ।
यस्तै उद्योग बाणिज्य तथा पर्यटन तर्फ ३ अर्व ८ करोड, कृषि मन्त्रालय तर्फ २ अर्व ८३ करोड विनियोजन गरिएको छ । लगानी समेलन तथा युरिया मल कारखानाको अध्ययन तथा जानकी मन्दिरलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि, महोत्तरीमा मधेशका भाषा, कला साहित्य, सास्कृतिक, इतिहासको झल्को दिने गरि मधेश सास्कृतिक ग्रामको निर्माण गरिने छ ।
वन तथा वातावरण मन्त्रालयको लागि २ अर्व ३७ करोड विनियोजन गरिएको छ । हरित प्रदेश अभियान तथा एक व्यतिm एक विरुवा कार्यक्रमलाइृ जोड दिइएको छ । खेलकुद तथा समाजिक कल्याण १ अर्व ६८ करोड विनियोजन गरिएको छ । बजेटमा ११ औ राष्टिय खेलकुद प्रतियोगिताको आयोजना गर्नको लागि आवश्यक भौतिक पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गरिएको छ । सबभन्दा कम बजेट गृह सञ्चार तथा कानुन तर्फ ६४ करोड ८९ लाख र श्रम तथा यातायात मन्त्रालय ५७ करोड १४ लाख छुट्याएको छ ।

प्रदेश सरकारले अगामी अवाको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको थियो । तर अगामी अवामा कृषि मन्त्रालयको बजेट कम गरिएको छ ।
कृषि मन्त्रालयको लागि २ अर्व ८३ करोड बजेट विनियोजन गरिएको छ । किसानको वारी स्वयमसेवीकाको छहारी कार्यक्रम अन्तर्गत प्रदेशको प्रत्येक वडामा महिला कृषि स्वय्मसेविका राखिने छ । कृषि विद्यृतिकरणको लागि २६ करोड विनियोजन गरिएको छ । प्रदेश भरि पशु पुर्ण खोप कार्यक्रम संचालनको लागि वजेट विनियोजन गरिएको छ ।
बजेटमा त्रुटी
अर्थ मन्त्री सुनिल कुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा त्रुटी पाईएको छ । प्रस्तुत गरिएको बजेटको चालु र पुजि तर्फको बजेट जोडदा ४६ अर्व ९८ करोड ३३ लाख ५१ हजार हुन्छ । तर अर्थ मन्त्री यादवले सार्वजनिक गरेको बजेट बक्तव्यमा ४६ अर्व ५८ करोड ३३ लाख ५१ हजार मात्रै रहेको उल्लेख छ । यसरी बजेटमा ४० करोड रकम फरक देखिएको छ । अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले बजेट ४६ अर्व ९८ करोड ३३ लाख ५१ हजार हुनुपर्नेमा प्राविधिक समस्याले अन्यथा हुन गएकोले अगामी बैठकमा त्यसलाई सच्चाउने बताए ।

सम्बन्धित खबर