
जनकपुरधाम । बारीको बाली जोगाउन लगाइएको विद्युतीय तारमा करेन्ट लागेर धनुषामा एक महिलाको मत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्लीदेवी महतो बारीमा लगाएको विद्युतीय नांगो तारमा करेन्ट लागेर आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यादलय ढल्केवरले जनाएको छ । स्थानीय रामप्रमोद महतोले बारीमा लगाएका बाली जोगाउननाँगो तारमा विद्युतीय करेन्ट प्रवाह गरि छोडेकाथिए ।

मङ्गलीदेवि सोही बारीमा काम गर्न गएको बेलामा करेन्ट लागि मृत्यु भएको स्थानीयको भनाई छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा पश्चात बारी धनिमहतो फरार भएका छन् । खेतमाबारी जोगाउन विद्युतीयतार लगाउनु गैरकानुनी कार्य रहेको छ ।