LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परि एक वृद्धसहित ४ जनाकोे मृत्यु भएको छ ।

सिरहा नगरपालिका–१८ को हुलाकी राजमार्गमा आज बेलुका मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । प्रदेश २–०१–००३–प.३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल ठोक्किँदा कल्याणपुर–१२ का प्रदीप मुखिया, नरेश मुखिया र सिरहा–२ का साइकल यात्री कुसे रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिरहाका प्रहरी नायव उपरीक्षक विरन्द्र कुमार पासवानले जनाकारी दिए । मृतक तीनै जनाको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

त्यसैगरि, बारामा पनि यात्रुबाहक बसले ठोकिएर एक वृद्धको मृत्यु भएको छ । गएराती सिरहाबाट काठमाण्डौ जादै गरेको बा प्र ०३ ०१ ख ३३१३ नम्बरको बसले जीतपुर उपमहानगरपालिका १६का ८० वर्षीय सन्तबहादुर गुरुङ्गलाई ठकर दिएको थियो । घाईते गुरुङ्गको उपचारको क्रममा आज विहान कलैया प्रादेशिक अस्पतालमा मुत्यु भएको छ ।

सम्बन्धित खबर