LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो । यी आक्रमणहरूको पुष्टि गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाए।

यसबाहेक, अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरे ।
यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन् ।

ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ ।

सम्बन्धित खबर