LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम ।  समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि मधेश प्रदेशका दुई जिल्लामा सञ्चालित ‘सिकाई पल्स परियोजना’ अन्तर्गत हालसम्मका गतिविधिहरू सफलतापूर्वक सम्पन्न भएका छन्। अष्ट्रेलियन सरकारको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक साथ, प्रेरणा र राष्ट्रिय प्रवर्द्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित यस परियोजनाले सर्लाही र रौतहटका ६ वटा पालिकामा काम गरिरहेको छ।

परियोजनाले हालसम्म कक्षा कोठा आधारित पठनसीप मूल्यांकन (EGRA) सम्पन्न गरेको छ भने दुबै जिल्लामा रहेका विद्यालयहरूमा शिक्षक अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिएको छ। बालबालिकाको सुरक्षा र उनीहरूका हक अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहमा बाल संरक्षण अवस्थाको विश्लेषण (LLCA) तथा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरिएको छ। त्यसैगरी, परियोजनाले आधारभूत अवस्था बुझ्नका लागि Baseline Survey र Market Assessment पनि सम्पन्न गरेको छ। स्थानीय तहमा समन्वय बैठकहरू आयोजना गरी योजनाहरु प्रस्तुत गरिएका छन्।

हाल सञ्चालनमा रहेको परियोजनाबाट करिब ३३ हजार ८ सय ३२ जना बालबालिका, शिक्षक र अभिभावकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। यद्यपि परियोजनाले थुप्रै सकारात्मक कार्यहरू सम्पन्न गरे पनि यसको कार्यान्वयनमा केही गम्भीर चुनौतीहरू कायमै छन्।

परियोजना कार्यान्वयनको क्रममा समावेशी शिक्षा नीति र स्पष्ट निर्देशनको अभाव, विद्यालय सुधार योजनाको सीमितता, र महिलाहरूको शैक्षिक तथा आर्थिक पहुँचको अभावजस्ता समस्या देखिएका छन्। परियोजनाले लक्षित गरेका ४३ विद्यालयमध्ये मात्र २२ विद्यालयमा सुधार योजना निर्माण गरिएको छ भने तीमध्ये पनि १० विद्यालयमा मात्रै आंशिकरूपमा कार्यान्वयन गरिएको छ। महिलाहरूको शिक्षामा पहुँच कमजोर हुनुका साथै आर्थिक अवसरको अभावले पनि उनीहरूको सहभागीता कम देखिएको छ।

त्यस्तै, वैदेशिक रोजगारप्रतिको आकर्षणले अभिभावकहरूको ध्यान शिक्षातर्फ कम हुँदा बालबालिकाको नियमित उपस्थिति चुनौतीपूर्ण बनेको छ। समुदायमा गहिरो रूपमा रहेका सांस्कृतिक, धार्मिक र लिंगीय मान्यताहरूले विशेषगरी बालिकाहरूको शिक्षामा अवरोध पुर्‍याइरहेको छ। महिला नेतृत्व र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता समेत न्यून देखिएको छ। कार्यक्रममा परियोजनाको तर्फबाट नागेन्द्र प्रसाद साहले परियोजना सम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए ।

यस्ता चुनौतीबीच पनि सिकाई पल्स परियोजनाले स्थानीय तहमा शिक्षा सुदृढीकरणका महत्वपूर्ण प्रयासहरू गरिरहेको छ। जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय बैठकमा परियोजना निर्देशक शिवजी प्रसाद साह, शिक्षा मन्त्रालयका सचिव दिलीप ठाकुर, बाल अधिकृत संजीव महतो, वर्ल्ड भिजनका प्रतिनिधिहरू, शिक्षक, स्थानीय सरोकारवाला निकाय तथा पालिकास्तरीय प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा सहभागी सरोकारवालाहरूले सिकाइमा आएको सुधार, शिक्षकहरूको सक्रियता र समुदायको सहकार्यको प्रशंसा गर्दै बाँकी चुनौतीहरूमाथि तत्काल ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले परियोजनाको प्रभावलाई दीगो बनाउने तथा अन्य पालिकामा विस्तार गर्ने समेत सुझाव दिएका छन्।

सम्बन्धित खबर