LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेशका दुई छुट्टै ट्रयाक्टर दुर्घनामा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्रयाक्टर पल्टिर दुई किशोरको मृत्यु भएको छ भने सरहामा एक बालिकाको टयाक्टरले ठक्कर दिएर मृत्यु भएको छ ।
भेडाहा खेलामा माटो बोकर बग्ही तर्फत जादै गरेको नम्बर नखुलेका टयाक्टर अनियन्त्रित भई सडकबाट झण्डै १५ फिट तल खसेपछि स्थानीय पन्ना पटेलका छोरा १६ वर्षीय आकाश पटेल र राजेश पटेलका छोरा १७ वर्षीय गोलु पटेलको मृत्यु भएको छ । त्यसैगरि सोही घटनामा पर्सा इनर्वाका १८ वर्षीय जयकुमार मण्डल घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टका अनुसार, ट्याक्टर खस्दा चालक आकाश पटेल र सवार गोलु पटेल च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। घाइते जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । त्यसैगरि, सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका –२ पर्सा गाउँमा आज ट्याक्टरको ठक्करले बालिकाको मृत्युु भएको छ ।ट्याक्टरको ठक्करले स्थानीय रबिन्द्र साहकी छोरी १२ वर्षिय प्रिया साहको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

पर्सामा रहेको इटा भटटाबाट इटा बोकेर दक्षिण तर्फ आउँदै गरेको ना.अ. त ७१६ अस्थायी नम्बरको ट्याक्टरको ठक्करले प्रीयलाई ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविनराज मैमालीका अनुसार मुचुल्का उठाएर शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाएको छ । भने ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर