LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सरकारद्वारा सुनमा लगाइएको विलासिता करको विरोध गर्दै जनकपुरधामका सुनचाँदी व्यवसायीहरुले आज विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा तथा जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा सुनचाँदी व्यवसायीहरुले विरोध जुलुस प्रदर्शन गर्दै नगरको् परिक्रमा गरेका थिए । व्यवसायीहरुले विलासिता कर तत्काल हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याट पुनर्विचार गर्नुपर्ने, र भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्ने माग अघि सारेका छन् । यी मागहरु सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।


नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष दीपेन्द्र ठाकुरले सरकारको निर्णय नसच्याएसम्म व्यवसाय बन्द राखिने बताए । उनले भने, ‘विलासिता कर र गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नभएसम्म हामी आन्दोलनमा रहनेछौं ।’

सम्बन्धित खबर