LIVE
सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान | कमला नदीमा डुबेर धनुषाका २४ वर्षीय युवकको मृत्यु |

जनकपुरधाम ।  मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा फेरि पनि ‘मेडिकल माफिया’ र राजनीतिक हस्तक्षेप देखिएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार केन्द्रका निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई गैरकानुनी ढंगले पदमुक्त गरी डा. राजीव कुमार झालाई निमित्त निर्देशक नियुक्त गरिएको छ। स्रोतका अनुसार कुशवाहा पारदर्शिता र प्रक्रिया पालनमा अडिग रहेकाले औषधि आपूर्तिमा संलग्न माफिया विशाल पण्डित र स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहको दबाबमा हटाइएको हो।

करीब २२ करोड रुपैयाँ बराबरको ठेक्कामा असहमति जनाएपछि कुशवाहालाई धम्की दिँदै हटाउने रणनीति बनाइएको थियो। दुई साता अघि मुख्यमन्त्रीको कार्यकक्षमै कुशवाहासहित कर्मचारीलाई ज्यान मार्ने धम्कीसमेत दिइएको थियो।

विशाल पण्डितमाथि यस्तै प्रकृतिका चार ठेक्कासम्बन्धी मुद्दा अख्तियारमा दर्ता भइसकेका छन्। तर राजनीतिक संरक्षणका कारण उनी उम्कँदै आएका छन्।

यस घटनाले स्वास्थ्य आपूर्ति प्रणालीमा माफियातन्त्र हावी भएको भन्दै कर्मचारी र सचेत वर्गले आपत्ति जनाएका छन्। डा. कुशवाहाले कानुनी बाटो अपनाउने तयारी गरिरहेका छन् भने मन्त्री र पण्डित पक्ष मौन छन् ।

सम्बन्धित खबर