जनकपुरधाम । राजनीतिक दलहरुको खिजातानीले मधेश प्रदेशको अगामि आर्थिक वर्ष २०८२÷०८३ को बजेट अलपत्र परेको छ ।
१२ असारमा मधेश प्रदेशका प्रदेश सभा बैठक बस्नुभन्दा एक घण्टा अगाडी एक्कासी सुचना टाँस गरि स्थगित गरिएको बैठक ११ औ दिन पछि आईतवार विपक्षी दलहरुको अवरोध गरेपछि स्थगित भयो ।
विपक्षीहरु दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपाएकीकृत समाजवादीलगायतले बजेट पुनर्लेखनको माग गर्दै सभाको बैठक अवरुद्ध गरेपछि नप्रदेश सभाको बैठक सोमवार १ बजे बस्ने गरि स्थगित गरिएको छ ।

आजको बैठक सुरु भएपनि सत्ता रुढ दलका एक महत्वपुर्ण घटक दल नेपाली काँग्रेसका एकपनि पनि साँसद बैठकमा सहभागि भएनन् ।मुख्यमन्त्री सतिशकुमार सिंह समेत सभामा उपस्थित देखिएनन् ।यसले के देखाउँछन् भने विपक्षीदलसँगै सरकारको तर्फबाटपनि १असारमाआएको बजेटलाई सभाबाट पास गराउने विषयमा गम्भिरता देखिएको छैन । सभाको बैठक बसेको बेलाकाँग्रेसले संसदीयदलका बैठक बसेकाथिए ।
अगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटको रेडबुक सार्वजनिक भएलगतै सत्ता गठबन्धन दलहरु बीच नै लफ्डा सुरु भएपछि ११ असारदेखि सभामा सुरु भएको बजेट माथिको छलफल सरकारकै अग्रहा सभामुख रामचन्द्र मण्डलले स्थगित गरिएका थिए । मधेश प्रदेश सरकारका नेतृत्व गरिरहेका जनमत पार्टीका अध्यक्षले बजेटमा नेकपा एमाले, नेपाली काँग्रेस र बिचौलिया हावि भएको आरोप लगाउदै सार्वजनिक रुपमै गम्भिर असंतुष्टी व्यक्त गरेपछि सत्ता गठबन्धन दलहरुमा किचलो सुरु भएको छ ।
आफ्ना सिफारिसमा बजेटमा योजना नराखिएको तथा राखिएपछि पनि थोरै बजेट विनियोजन गरिएको आरोप लगाउँदै १२ असारमा जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका बैठक समेत बसेको थियो । बैठकले बजेटमा आफ्ना पार्टीका योजना समावेश नगरेको वारे पार्टीलाई जानकारी गराउने,बजेट संसोधनको माग गर्ने तथा प्रदेश सभा स्थगन गराएको वारे सभामुखलाई पत्र पठाउने निर्णय गरेको थियो ।
जनमतको संसदीय दलको बैठकले निर्णय गरेको भोलि पल्ट जनमत पार्टीका अधयक्ष डा. सिके राउतले मुख्यमन्त्री सतिश कुमार सिंहलाई काठमाण्डौ बोलाएका छन् । मुख्यमन्त्री काठमाण्डौमा फर्केको दुई दिन भईसक्दा पनि बजेट पास गराउन कुनै चासो नलिएको सत्ता गठबन्धन दलका सासदहरुको भनाई छ ।
यस विषयमा मुख्यमन्त्री सिंहले बजेटलाई लिएर सत्ता गठबन्धनका दलहरुसँग असतुष्ट रहेको स्वीकार गर्दै त्यसलाई छलफल मार्फत समाधान गरेर सरकारले बजेट पास गर्ने बताए । सोमवार विहानै गठबन्धन दलमा बजेट विषयमा छलफल हुने बताए ।
जनमतले काँग्रेसका अर्थमन्त्री सुनिल कुमार यादवसहितले बिचौलियासँग बजेटमा व्यपाक चलखेल गरेको आरोप लगाएका छन् । अर्थमन्त्री यादवले बजेटमा कुनै चलखेल नभएको दावि गर्देै आएका छन् । विगतमा वर्षहरुमा सबै मन्त्रालयका योजनाहरुको इन्ट्री अर्थ मन्त्रालयबाट हुन्थिो । तर यस बर्ष सबै मन्त्रालयहरुले आ–आफ्ना योजनाहरु एलएमबीआईएसमा इन्ट्री गरेर अर्थ मन्त्रालयमा पठाएका थिए, अर्थ मन्त्री यादवले भने,‘ त्यसकारण यसमा अर्थ मन्त्रालयका कर्मचारी वा कसैले चलखेल गर्ने कुरै आउदैनन् ।
वाहिर प्रचार गरिएको कुरा भ्रामक र औचित्यहिन हो ।’ उनले विगतका वर्षहरुमा बजेट निर्माणको क्रममा हु हल्ला तथा विवादका विभिन्न घटनाहरु हुने गरेको थियो । यस वर्ष बजेट सार्वजनिक भएको एक सप्ताह सम्म पनि कुनै विवाद भएन उनले भने,‘यस वर्ष शान्तिपुर्ण र सबैलाई समेटने गरि बजेट आएको हो ।’
अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले अर्थ मन्त्रालयबाट कुनै योजनाको बजेट खटाउने वा बढाउने काम नभएको दावि गरे । अर्थ मन्त्रालयले उपलब्ध गराएको सिलिङ्ग अनुसार सबै मन्त्रालयले योजनाहरु इन्ट्री गरेर नै पठाएको सचिव महतोले बताए । माग नै नगरिएको शर्षिकमा बजेट राखिएको हल्लामा सत्यता नरहेको सचिव महतोले दावि गरे ।
आर्थिक वर्ष २०८०÷०८१ मा गरिएको पौष्टीक अहार वितरण कार्यक्रमको छुट भुक्तानीको लागि ९७ करोड ६० लाख अर्थ मन्त्रालयका आफ्ै थपेको कुरा निराधार रहेको सचिव महतोले दावि गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उक्त शिर्षकमा पैसा माग गरिएकोले उनले दावि गरे ।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयका कर्मचारीहरुले पनि उक्त शिर्षकमा पैसा मागेको र त्यति रकम माग नगरिएको बताउँछन् । आर्थिक वर्ष २०८०÷०८१ मा पौष्टीक अहार वितरण कार्यक्रमको ९ करोढ ६० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले जनमतले काँग्रेस र एमाले माथि लगाएको आरोपमा सत्यता नरहेको दावि गरे । बजेट निर्माणमा मुख्यमन्त्री जि आफ्ै सबै मन्त्रालयका योजनाहरुको सबै योजनाहरुको मोन्ट्रीरिङ्ग गर्नु भएको थियो, मुख्यमन्त्रीकै सहमति र सक्रियतामा बजेट आएको हो, उनले भने,‘ अहिले आएर गठबन्धनहरु माथि जुन आरोप लगाईरहेको छ, यो नैतिकताको उपज हो । कसैले कमिशन लिएर योजना राखेको छ भने त्यसको छानबिन होस, तर अनावश्यक आरोप लगाउनु दुःखद कुरो हो ।’
नेकपा एमालेका एक साँसदले बजेटमा मुख्यमन्त्री सिंह र जनमत पार्टीका मन्त्रीहरुकै सहमति र सहकार्यमा आएको बताए । जनमत पार्टीका अध्यक्ष राउत जि वेला वेलामा अनावश्यक स्टंट ल्याउनु हुन्छ, उनले भने,‘ चालु आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि यस्तै स्टंट वा अनावयशयक कुराहरु वाहिर ल्याएका थिए तर त्यस्तै यस वर्षपनि गर्न खोज्नु भएको हो ।
‘पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्ना गाँउठाँउको विकासको लागि बजेटमा योजना राख दिन्छ भने अपेक्षा गरेका हुन्छ, तर सबैको अपेक्षा पुरा गर्न सम्भव हुदैन;यस्तोमा पार्टी अध्यक्षदेखि मन्त्री सम्मलाई विभिन्न असंतुष्टी र दवाव आउछन्, हामीलाई पनि आउँछन, त्यो स्वाभाविक पनि हो । ति दवाव र असंतुष्टीलाई सम्झाउने बुझाउने काम नेतृत्वकर्ताको हुन्छ । तर डा.राउतले त्यो नगरेर आफु स्वयम् असंतुष्ट वा दुखि देखाएर कार्यकर्ता तथा नेताहरुको सहानभुति लिने काम गरिरहेका छन् ।’
बजेट निर्माणको क्रममा डा.राउतका दाई जयकान्त राउत जनकपुरमै हुनुहुन्थियो, उनले अगाडी भने,‘ उनी मुख्यमन्त्री निवासमै ठुलो पर्दामा सबै मन्त्रालयका योजनाहरुको हेर्नु भएका थिए । अव भन्नुस्,बजेटमा कसरी जनमतलाई वाईपास गरिएको ? यो अनावश्यक विवाद सृर्जना गरेर काँग्रेस र एमालेलाई बदनाम गर्ने काम मात्रै गरिरहेको छ ।’ काँग्रेसका एक प्रदेश साँसदलेले नेतृत्व हस्ताणतरण गर्ने वेला आएकोले जनमतले अनावयश्क नाटक गरेको आरोप लगाए ।






