LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । आगामी आर्थिक वर्षको बजेटलाई लिएर मधेस सभाको बैठकमा किचलो जारी छ ।
विपक्षी दलहरूले बजेटमा प्रश्न उठाउन थालेपछि सदनको बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध गरेको थियो । विपक्षी दलको अवरोधपछि प्रदेशसभाको बैठक मंगलवर बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजपनि पुनः सर्वदलीय छलफल हुदै छ ।
बजेटमा बिचौलिया हाबी भएको विपक्षी दलहरूको आरोप छ ।
आगामी आर्थिक वर्ष ०८२र०८३का लागि प्रदेश सरकारले बजेट ल्याएको २४ दिन भइसक्दा पनि प्रदेश सभाभित्रको किचलो बढ्दो छ । यस्तै अवस्था रहे असार ३० भित्र बजेट पास हुन सक्ने सम्भावना निकै कम छ ।
असार १ गते प्रदेश सरकारले ४६ अर्ब बढीको बजेट ल्याएको थियो । त्यसको ११ दिन पछाडि सुरु भएको सदनको बैठकमा रातो किताब प्रदेश सांसदहरूले पाएका थिए ।
रातो किताबको अध्ययनपछि बजेटमा भने गडबड भएको देखेका सत्तारुढ दलका सांसदसहित विपक्षी दलहरूले बजेट विरोध गर्न थालेका थिए । सदनमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा विरोध जनाइरहेका छन् । बजेट पासका लागि अब प्रदेश सभासँग मात्र एक साता बाँकी छ ।

सम्बन्धित खबर