LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेश सरकारसँग अगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट पास गराउन अव एक सप्ताहभन्दा पनि कम समय रहेपनि राजनीतिक दलहरु बीचको असहमतिको कारण बजेटमाथि छलफल हुन सकेको छैन ।

बिहिवार बसेको प्रदेश सभाको बैठक पनि बजेटमाथि छलफल नहुदै १० मिनेटमै स्थगित हुन भएको छ । २२ असारदेखि निरन्तर बजेट माथि छलफल गर्न प्रदेश सभाको बैठक बस्दै आएपनि विपक्षी दलहरुको अवरोधका कारण बिहिवार पाँचौ पटक पनि स्थगित भएको छ ।

बजेटमा बिचौलिया हाबी भएको तथा बजेटमा असमान तरिकाले वितरण गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरुले बजेट पुर्नलेखनको माग गर्दै आएको थियो । आज प्रदेश सभाको बैठक पुर्व सत्ता पक्ष र विपक्षी दलहरु बीच भएको छलफलमा बजेटमा भएको त्रुटि सच्चाउने विषयमा प्रदेश सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्य कार्यकाल गठन गर्ने विषयमा सहमति भएको थियो ।

सहमति अनुसार सभामुख मण्डलले सभाको बैठकमा कार्यादलका सदस्यहरुको नामावली सार्वजनिक गरेपछि त्यसको विरोध गर्दै विपक्षी दलहरुले पुनः बैठक अवरुद्ध गरेका थिए । उनीहरुले कार्यादलमा भौतिक पुर्वाधार मन्त्री सरोज यादवलाई राखेकोमा आपत्ति जनाउदै बैठकमा अवरोध गरेका थिए । त्यसपछि सभामुखले १० मिनेटको लागि बैठक स्थगित गरेका थिए ।

कार्यदलमा सत्ता पक्षबाट भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव र नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव र विपक्षी दलका जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई राखिएको छ ।

१० मिनेटको लागि बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि आगामी शनिबार दिउँसो १ बजेसम्मका लागि पुनः स्थगित गरिएको हो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्यदलमा नेकपा एमालेका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेको भन्दै आपत्ति जनाएका थिए । सरकारले ल्याएको बजेटमाथि छानबिन गर्न कार्यदल गठन भएकोमा त्यसमा मन्त्रीलाई सदस्य राख्नु उपयुक्त नभएको उनले बताए । सत्ता पक्ष र सरकार पक्ष फरक– फरक रहेकोको भन्दै सत्ता रुढ दलबाट मात्रै प्रतिनिधी राख्नुपर्ने बताए ।

यता, मुख्यमन्त्री सतीशकुमार सिंहले पूर्वसहमतिअनुसार नै कार्यदलका लागि नाम पठाएको बताएका थिए । उनले प्रतिपक्षी दलले सहमति तोड्न खोजेको आरोप लगाएका थिए । सभामुखको संयोजकत्वमा सत्ता पक्षबाट दुई जना र विपक्षी दलबाट ३ जना गरि ६ सदस्य कार्यदल गठन गर्ने सहमति भएको थियो मुख्यमन्त्री सिंहले भने,‘ कार्यदलमा मन्त्री नराख्ने कुरा भएको थिएन, यस्तोमा मन्त्रीको नाम राख्दा विपक्षी दलहरुले अनावश्यक बखेडा झिकेर सभाको बैठक नै अवरुद्ध गरिरहेको छ ।’ शनिवार पुनः विपक्षी दलहरुसँग कुराकानी गर्ने र सहमतिमा नआएपछि सरकारले बहुमतले बजेट पास गर्ने मुख्यमन्त्री सिंहले बताए ।

१ असारमा आएको बजेटमा अहिलेसम्म ११ असारमा एक दिन मात्र छलफल भएको थियोे । त्यसबाहेक अहिलेसम्म छलफल हुन सकेको छैन । १२ असारमा बजेट माथि छलफलको लागि राखिएको सभाको बैठक मुख्यमन्त्री सिंहले आफ्नै अगाडी सार्न सभामुख मण्डलसँग अनुरोध गरेपछि स्थगित भएको थियो । त्यसपछि २२ असारदेखि सुरु भएको सभा बैठक स्थगित हुदै आएको छ ।

सम्बन्धित खबर