LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । लामो समयदेखि वर्षा नहुनुका कारण खडेरीको अवस्था सिर्जना भएको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारसँग विशेष राहत प्याकेज माग गरेको छ। बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न प्रस्ताव गर्दै संघ सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको हो।

मुख्यमन्त्री सरोज कुमार यादव सिंहका अनुसार वर्षा नहुनुका कारण भूगर्भीय पानीको सतह घट्दै गएको छ र धेरै स्थानमा धारामा पानी आउनसमेत रोकिएको छ। पर्साको वीरगंजदेखि प्रदेशभर खानेपानीको अभाव चुलिँदै गएको भन्दै उनले तत्काल समन्वय गरेर समाधान खोज्न संघीय सरकारलाई आग्रह गरेका छन्।

ूधान रोप्ने मुख्य सिजनमै वर्षा नहुनु चिन्ताजनक हो,ू मुख्यमन्त्री सिंहले भने,‘किसानको पीडालाई मध्यनजर गर्दै संघीय सरकारले विशेष राहत प्याकेज ल्याउनु आवश्यक छ।’

बैठकले प्रदेश सरकार र संघ सरकारबीच सहकार्य गर्दै राहत तथा आवश्यक पूर्वाधारका कामलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।

सम्बन्धित खबर