LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । सामुदायिक विद्यालयहरुको पठनपाठन कमजोर रहेको भनिएपनि जनकपुरधामका याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप)का विद्यार्थीहरुले भने एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । ज्ञानकूपका १ सय ९७ विद्यार्थीले एसईई परीक्षामा उल्लेखनिय नतिजा हात पारेका छन् ।

विद्यालयले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा एसईईमा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफीसहित सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक संजय झाले दिएको जानकारीअनुसार विद्यालयबाट सहभागी ३०७ विद्यार्थीमध्ये १९७ जना सफल भएका हुन् ।

साधारण धारामा २१५ मध्ये १४६ (६८.८२ प्रतिशत), प्राविधिक धारामा ४७ मध्ये ४६ (९७.८७ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि संस्कृत धारामा भने अपेक्षा अनुरूप नतिजा आउन सकेन। ४५ जना सहभागीमध्ये केवल ५ विद्यार्थी मात्र उतीर्ण भएको विद्यालयले जनाएको छ ।


कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिनेश सिंहको अध्यक्षतामा तथा नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नगरप्रमुख साहले विद्यालयले देखाएको सफलता प्रशंसनीय भएको उल्लेख गर्दै नगरपालिकाबाट पूर्वाधार विकासमा थप सहयोग गरिने प्रतिबद्धता जनाए ।

विद्यालयका उत्कृष्ट विद्यार्थी तथा मेहनती शिक्षकहरूलाई समेत सम्मान गरिएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय मधेशका निर्देशक महेन्द्र महतोले कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार तथा दलित विद्यार्थीहरूका लागि १ करोड ५० लाख रुपैयाँ छात्रवृत्तिका लागि विनियोजन गरिसकेको जानकारी दिए ।

विद्यालयका सहायक प्रधानाध्यापक सोमप्रसाद भट्टराईले संस्कृततर्फको कमजोर नतिजा पाठ्यक्रमको जटिलता र ग्रेड बृद्धि प्रक्रियाका कारण भएको बताउँदै ग्रेड वृद्धि परीक्षापछि सफलता दरमा सुधार आउने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर