LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशको अगामी आर्थिक वर्ष २०८२÷०८३ बजेटलाई लिएर सभाको देखिएको गतिरोध हटाउन उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्य नयाँ कार्यदल गठन गरिएको छ ।

बजेटमा बिचौलिया हावि भएकोसहितको आरोप लगाउँदै विपक्षी दलहरुले सभाको वैठब अवरुद्ध गर्दै आएका थिए । त्यसपछि बजेटमा भएको त्रुटि सच्चाउन सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरिएको थियो । तर कार्यदलमा मन्त्रीलाई सदस्यमा राखिएको भन्दै विपक्षी दलहरुले आपति जनाउँदै आज बसेको सभाको बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटको लागि सभा स्थगित गरि सर्वदलीय बैठक राखेका थिए । बैठकमा उपसभामुखको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्ने सहमति भएपछि सभाको गतिरोध हटेको छ ।

कार्यदलमा सत्ता पक्षबाट काँग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् ।
यस्तै विपक्षी दलहरुबाट जसपा नेपालबाट रामअशिष यादव, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल, नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी बिमला अंशासरी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह रहेकी छन् ।

कार्यदललाई आईतवार भित्रमा छानबिन गरि सोमवार प्रतिवेदन प्रदेश सभामा पेश गर्ने समय दिईएको छ । प्रदेश सभाको बैठक सोमवार बिहान ८ बजे बस्ने गरि स्थगित गरिएको छ ।

सम्बन्धित खबर