LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको बैठकले मधेश प्रदेश सरकार रहेका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको बताईएको छ ।

महोत्तरीको बर्दिबासमा शनिवार भएको नेकपा एमाले मधेस प्रदेश समितिको बैठकले मन्त्री जयसवाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकमा एमालेका मधेस प्रदेश उपाध्यक्ष बिचारी यादवले मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेस गरेका थिए । यादवको प्रस्ताव उपर छलफल गर्दै बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको उपाध्यक्ष यादवले जानकारी दिए ।

मन्त्री जयसवालले कमिसन लिएर योजनाहरू बिक्री गरेको, बिचौलिया मार्फत खुल्लम खुल्ला योजना दिए बापत १०३ देखि १५ प्रतिशत कमिसन माग्ने गरेको र कमिसनकै कारण ५ करोड रकम फ्रिज भएको र आफ्ना नातेदारलाई योजनाहरू दिएको आरोप लागे पछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको यादवले बताए ।

मन्त्री जयसवालको कारण पार्टीको बदनामी भएकोले वाध्य भएर फिर्ता बोलाउने निर्णय भएको उनले बताए । मन्त्री जयसवालले आफ्नो गैरसहकारी संस्थाबाट लाखौ बजेटको तालिमहरु संचालन गरेको बैठकमा नेताहरुले आरोप लगाएका थिए । यता, बैठकमा सहभागि पार्टीका मधेश प्रदेश इन्र्चाज लिलानाथ श्रेष्ठले भने तत्काल कुनै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको दावि गरे । बैठकमा पार्टीबाट मधेश सरकारमा रहेका मन्त्रीहरुको काम कारर्वाहीको विषयमा समिक्षा भएको हो, उनले भने,‘ तर कुनै मन्त्रीलाई फिर्ता नै बोलाउनुपर्ने निर्णय चाहि भएको होईन ।’

मधेश प्रदेश सरकारमा नेकपाबाट भौतिक पुर्वाधार मन्त्री सरोज यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखि र खेलकुद मन्त्री प्रमोद जयसवाल रहेका छन् ।
प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको बैठकले पार्टीको ससिचवालय, विभाग गठन लगायतका समेत निर्णय भएको उपाध्यक्ष यादवले बताए ।

सम्बन्धित खबर