LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेश सभाको चालू पाँचौँ अधिवेशन अन्त्य गरिएको छ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अधिवेशन अन्त्य गर्न सिफारिस भएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजै  राति १२ बजेबाट अधिवेशन समाप्त हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन्। यो निर्णय प्रदेश सभा कार्य सञ्चालन नियमावली, ०७५ को नियम ३ को उपनियम (४) बमोजिम भएको हो।

प्रदेश सभा सचिवालयका सचिव बाबुप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।

सम्बन्धित खबर