LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

सबैभन्दा बढी संकट वीरगञ्जमा देखिएको छ । वीरगञ्ज महानगरले दैनिक करिब ४ लाख लिटर पानी वितरण गरिरहेको छ भने नेपाली सेनाले प्रदेश सरकारले उपलब्ध गराएको वारुणयन्त्र प्रयोग गरी थप १ लाख लिटर पानी वितरण गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

11-1752932308.jpg
महानगरप्रमुख राजेशमान सिंहका अनुसार दुईवटा वारुणयन्त्र, एक ट्याक्टरसहित आठवटा साधनबाट पानी वितरण भइरहेको छ । सिरहाको लहान नगरपालिका–१ र २ स्थित दलित बस्तीमा पनि डिभिजन वन कार्यालयले ट्याक्टर ट्यांकीमार्फत पानी वितरण भइरहेको छ । यस्तै, सप्तरीका ग्रामिण क्षेत्रमा पनि प्रदेश सरकारबाट पठाइएका तीन वारुणयन्त्र र वन कार्यालयको ट्याक्टर प्रयोग गरी पानी वितरण भइरहेको छ ।

221-1752932308.jpg

मधेश प्रदेशका अधिकांश जिल्लामा हाल पानी अभाव गहिरिँदै गएको छ । विज्ञहरूका अनुसार यो संकटको प्रमुख कारण लामो समयदेखि वर्षा नहुनु र चुरे क्षेत्रको दोहन हो । चुरेविज्ञ डा. विजय सिंह दनुवार भन्छन्, ‘चुरे क्षेत्र मधेशको जीवनरेखा हो । यसको दोहनले भू–जल तह घटेको छ, जुन अहिलेको संकटको जड हो ।’ उनले चुरे संरक्षणलाई तत्काल प्राथमिकता दिनुपर्नेमा जोड दिए । खानेपानी अभावको तत्काल समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य अपरिहार्य भएको विज्ञको सुझाव छ ।

सम्बन्धित खबर