LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधामको होटलको छतबाट खसालेर युवकको हत्या गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्तरी पर्सा गाउँपालिका– १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका– ४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार यादव विवाहित थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी वरुणबहादुर सिंहका अनुसार यादव र झाबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय युवतीलाई सम्बन्ध कायम राख्न दबाब दिँदै ब्ल्याकमेल गरेपछि विवाद उत्पन्न भएको खुलेको छ ।

‘केटा विवाहित हो । तर, उनीहरू पहिले नै प्रेम सम्बन्धमा रहेको देखिन्छ । त्यो सम्बन्ध कायमै राख्न केटाले बार्गेनिङ गरेको देखिन्छ,’ उनले भने, ‘सम्बन्धमा नरहे पुराना म्यासेज, फोटोलगायत सार्वजनिक गर्ने धम्की दिएपछि घटना भएको देखिन्छ ।’

शनिबार राति करिब ३:३० बजे जनकपुरधामको जिरोमाइलस्थित होटलको छतबाट खसेका युवक गम्भीर घाइते अवस्थामा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानअनुसार, युवकले पहिले नै होटलको कोठा बुक गरेका थिए र त्यसपछि युवतीसँग त्यहाँ प्रवेश गरेका थिए । राति उनीहरूबीच विवाद भएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सीसीटीभी विश्लेषण गर्दा युवतीले चक्कु प्रहार गरी युवकलाई घाइते बनाएको र त्यसपछि छतबाट खसालेको देखिएको जनाएको छ । युवक बेहोस भएपछि युवती त्यहाँबाट भाग्ने प्रयास गरेको दृश्यसमेत फुटेजमा देखिन्छ ।

धनुषाका एसपी नरहरि रेग्मीले घटना प्रेम सम्बन्धको खटपटका कारण उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

पारिवारिक स्रोतका अनुसार विमलेश र जुलीबीच विगत ३ वर्षदेखि अवैध सम्बन्ध थियो । सम्बन्धबारे दुवैको परिवारमा पनि जानकारी भएपछि २ वर्षअघि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरीसमेत परेको थियो । मृतकका एक आफन्तका अनुसार त्यतिबेला दुवैले एकअर्कासँग कुराकानी नगर्ने सहमति भएको थियो । त्यसको केही दिनपछि विमलेश वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।

 

कतारमा रहेको बेला पनि दुवैबीच सामाजिक सञ्जालमार्फत कुराकानी हुने गरेको थियो । जुलीले विमलेशसँग विभिन्न कामको बहाना बनाएर आर्थिक सहयोग लिने गरेको पनि खुलेको छ ।  छुट्टीमा विमलेश घर आउँदा पुनः दुवैबीच अवैध सम्बन्ध सुरु भयो । केही महिना घर बसेपछि विमलेश फेरि कतार गए । र, फेरि जुलीले मागेजति पैसा पठाउन थाले । यसरी दुईपटकको विदेश बसाइका क्रममा विमलेशले लाखाैँ रकम जुलीलाई दिएको खुलेको छ ।

 

पछिल्लोपटक विमलेश ६ महिनाअघि वैदेशिक रोजगारीबाट नेपाल फर्केका थिए । नेपाल आएपछि उनले जुलीलाई सम्बन्ध राख्नका लागि दबाब दिने गरेका थिए । सम्बन्ध नराखेमा रकम फिर्ता गर्न दबाब दिने र फोटो तथा भिडियोहरू सार्वजनिक गर्ने धम्की दिन थाले । ‘त्यसैको फलस्वरूप घटना भएको देखिन्छ,’ प्रहरी उपरीक्षक रेग्मीले भने ।

सम्बन्धित खबर