LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषाको मैनाथपुरस्थित नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पाँच राउण्ड गोली चल्दा भारतीय सीमा सुरक्षा बलका एक जवानसहित दुई जना घाइते भएका छन् । मैनाथपुर बजारस्थित दशगजापारि भारततर्फको सीमामा खटिएका एसएसबीका जवान र  स्थानीय भारतीय नागरिकबीच विवाद भई झडप हुँदा गोली चलेको हो ।

भारतीय प्रहरीका अनुसार पाँच राउण्ड गोली फायर भएको छ । स्थानीय युवा र एसएसबीका जवानबीच झडप भएको भिडियोसमेत सार्वजनिक भएको छ, जसमा केही व्यक्तिले प्रहरीको राइफल नै खोस्न खोजिरहेको देखिन्छ ।

भारत सरकारले रासायनिक मल नेपाल लैजान प्रतिबन्ध लगाएको छ । तर, ती व्यक्तिहरूले रासायनिक मल नेपालमा अवैध रूपमा निकासी गर्ने क्रममा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

भारत जयनगरका पत्रकार ललित झाका अनुसार घटनामा स्थानीय भरत पासवानलाई गोली लागेको छ ।  एसएसबीका जवान राज गोडाको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित खबर