LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । जनकपुरधाम–४ मा बस्दै आएकी अञ्जली यादवको हत्यामा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहिवार पत्रकार सम्मेलन गरि स्थायी घर धनुषाको बटेश्वर गाउँपलिका–५ शान्तिपुर भई पछिल्लो समय डेरा गरि जनकपुरधाम– ४ कटैयाँ चोरीमा बस्दै आएकी अञ्जली कुमारी यादवको हत्याको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह पक्राउ गरि सार्वजनिक गरेका हुन् ।

आफुले प्रेम गरेकी महिलाले एकतर्फि प्रेम सम्बन्ध तोडेको आक्रोसमा १२ साउनको राती ११ बजे जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाँ चोरीमा डेरा गरि बस्दै आएकी आशा यादव, उनकी छोरी अन्जली कुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

घाइते तीनै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा अन्जलीको १३ साउन राती उपचारको क्रममा मृत्यु भएको थियो । अन्य दुई घाइतेमध्ये राधाको उपचारपछि डिस्चार्ज गरिएको छ भने आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

सम्मेलनमा धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले पक्राउ परेका रामबाबु साह यस अघि श्रीमति हत्याको मुद्दामा दोषी ठहर भई पाँच वर्ष जेल सजाय समेत काटिसकेको बताए । जेलमुक्त भएपछि साहले दोस्रो विवाह गरेका थिए । विवाहको केहि महिनामै उनी आशा (मृतककी आमा)सँग प्रेम सम्बन्ध थिए ।

रामबाबु र आशाबीचको सम्बन्ध परिवारमा समेत खुलेपछि दुवै जना जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । प्रेम गरेको वापत रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिएका थिए । तर केही समय अघि आशाले उक्त रिक्सालाई आफ्ना भाइको नाममा दर्ता गराएपछि दुवै बीच विवाद भएको थियो । पछि आशाले उक्त डेरा परिवर्तन गरि आफ्ना श्रीमान र छोरीसँग बस्न छुट्टै थालेकी थिइन् ।आशाकी श्रीमान वैदेशिक रोजगारमा रहदै आएका छन् ।

यता, रामबाबुले फोन गर्दा आशाले फोन नउठाउने, दुरी बढाउने, तथा श्रीमतीलाई समेत म्यासेज गरी झगडा गराउनेजस्ता व्यवहार देखिएपछि उनी आक्रोशमा आएका थिए ।

घटनाको राती रामबाबुले आशालाई फोनमै आशाले गाली गलौज गर्दै फोन काटेकि थिइृन । त्यसपछि रामबाबु खुकुरीसहित राती ११ बजे आशाको डेरामा पुगेका थिए । प्रहीका अनुसार रामबाबु डेरा पुगेपछि आशालाई मारपिट तथा कुखुरी प्रहार गर्न थाले । कुखुरी प्रहार गरेदेखेपछि अञ्जलीले आमालाई बचाउन कोसिस गर्दा रामबाबु अञ्जली माथि नै कुखुरी प्रहार गरे । प्रहरी नायब उपरीक्षक सिंहले घटनास्थलबाट खुकुरी र गाडी समेत प्रहरीले बरामद भएको बताए ।

 

 

सम्बन्धित खबर