LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा कार्यदलले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरेको छ ।

कार्य दलका संयोजक समेत रहेकी खेलकूद तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले बिविहार मन्त्री जयसवाललाई सो मस्यौदा हस्तान्तरण गरेका हुन् । मस्यौदा बुझ्दै मन्त्री जयसवालले महिला हिंसाको घटना रोक्नुका साथै हिंसामा परेकालाई पुर्नस्थापित गर्न निर्देशिकाले न्याय गर्ने विश्वास व्यक्त गरे ।

मधेश प्रदेश सरकारले थालेको हिंसा विरुद्धको अभियानमा निर्देशिकाको भूमिका महत्वपूर्ण हुने धारणा उनले व्यक्त गरे । निर्देशिका कार्यान्वयनमा आइसकेपछि महिला हिंसा, घरेलु हिंसा लगायत समाजिक विकृति विरुद्ध प्रदेश सरकारले थालेको अभियानलाई प्रभावकारी रुपले अघि बढाउन सहयोग पुग्ने मन्त्री जयसवालले बताए ।

अन्य प्रदेशको तुलनामा मधेशमा परम्पराका नाउँमा भइरहेको हिंसाले समाजलाई अन्यायतर्फ धकेलेको छ, उनले भने,‘ हिंसा विरुद्ध सबै जना मिलेर लाग्नुपर्छ । यो कार्यमा निर्देशिकाले न्याय दिन र पुर्नस्थापना गर्ने कार्यमा सहयोग पुग्नेछ ।’
खेलकूद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रंजितकुमार यादवले निर्देशिका कार्यान्वयनमा आइसकेपछि लैंगिक हिंसामा परेकाहरुले न्याय पाउने विश्वास व्यक्त गरे । निर्देशिकामा त्रुटि हुनसक्छ, उनले भने–कानुन एउटा परिवर्तनशील दस्तावेज हो । त्यसैले निर्देशिकाको त्रुटि पनि आगामी दिनमा आवश्यक्ता अनुसार सुधार गरेर अघि बढ्नुपर्ने हुन्छ ।

सीएमसी नेपालका शालीग्राम भट्टराईले निर्देशिकाले पीडितलाई घटनाव्यवस्थापनदेखि पुर्नस्थापनासम्मको कार्यमा सहयोग गर्ने जानकारी दिए । पीडितलाई कानूनी सहायता, मनोसामाजिक परामर्श, उपचारको व्यवस्था, अल्पकालीन र दीर्घकालीन सुरक्षा, जीविकोपार्जन लगायतको व्यवस्था निर्देशिकामा गरिएको छ ।

खेलकूद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, इयु एजेन्सी, युएनएफपीए, सीएमसी नेपाल लगायत गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यदल गएको बैशाख १५ गतेको बैठकले गठन गरेको थियो । तीन महिना लगाएर तयार गरिएको निर्देशिकामा ४ वटा अनुच्छेद र २१ वटा बुँदाहरु रहेको राष्ट्रिय बाल परिषद्का प्रदेश समन्वय अधिकृत संजिव महतोले जानकारी दिए ।

सम्बन्धित खबर