LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । लागु औषध कारोवारीलाई नियन्त्रणमा लिन धनुषा प्रहरीले दुई राउण्ड गोली चलाएको छ ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिमा दुई जना लागु औषध कारोवारीलाई नियन्त्रमा लिन प्रहरीले दुई राउण्ड गोलि चलाएको हो । गोली प्रहार गरेर प्रहरीले दुई जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न मिथला नगरपालिका–६ ढल्केवारका अन्दाजी ४८ वर्षिय पप्पु कुमार साह घाईते भएका छन् । साहको दायाँ खुट्टामा गोली लागेको धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता बरुण कुमार सिंहले जानकारी दिए ।

बुधवार साँढे ४ बजे समयमा जनकपुरबाट पप्पु कुमार साह शंकास्पद मोटरसाईकलमा बाराको परमाणिपुर गाउँपालिका–२ बस्ने अन्दाजी ३० वर्षिया सैलो देवि रामलाई पछाडि बसाएर ढल्केवर तर्फ जादै गर्दा प्रहरीले जनकपुर–ढल्केवर सडकको नक्टाझिझस्थित रोक्न इसारा गरेका थिए । तर उनीहरुले मोटरसाईकल रोक्न नमानेपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेका थिए । प्रवक्ता सिंहका अनुसार हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले गोलि चलाउदाँ साहको दायाँट्टामा गोलि लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र काठमण्डौको लागु औषध नियन्त्रण व्युरोको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रवक्ता सिंहले बताए । प्रहरीले आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरेको उनले बताए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घाईते साहको प्रहरी निगरानिमा उपचार भईरहेको र महिला इलाका प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ ।

सम्बन्धित खबर