LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । जनकपुरधाम–२० रुपैठामा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति भएको छ ।

झण्डा उखेरको विषयमा हिन्दू र मुस्लिम समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न आज धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकमा यस्तो सहमति भएको हो ।
सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने र भविष्यमा कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्ने सहमति भएको हो। त्यस्तो गतिविधि गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने पनि बैठकमा निर्णय भएको छ ।

सहमति अनुसार दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि र दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी बैठकले विगतमा तेलिया पोखरीमा भएको विवाद व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरेको छ ।


गत शनिबार गणेश पूजाको मुर्ति विसर्जनपछि फर्कने क्रममा हिन्दू समुदायले स्थानीय टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो। त्यही क्रममा दुवै पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो।

आइतबार विवाह भएको स्थानीय तहकै भएको सर्वपक्षीय सहमति अनुसार प्रहरीले झण्डा हटाउदाँ हिन्दु पक्षले विरोध गरेपछि तनाव उत्पन्न भएको थियो । आईतवार प्रहरी र हिन्दु पक्ष बीच झडप समेत भएको थियो । अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो। सो घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टामा गोली लागी घाइते भएका छन् भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका थिए ।

 

सम्बन्धित खबर