LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । जेन–जीको आन्दोलनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त बनेका मधेश प्रदेशका प्रहरी युनिटहरूमा अझै प्रहरी परिचालन हुन सकेको छैन ।

गत मंगलबार जेन–जी पुस्ताको नाममा अराजक समूहले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी युनिटसहित सरकारी कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका थिए । आगजनीका कारण कतिपय प्रहरी युनिट पूर्ण रूपमा जलेर खरानी भएका छन् भने कतिपय युनिटमा तोडतोड भएकाले बस्ने अवस्था नभएका कारण ती युनिटहरू अझै प्रहरी खट्न नसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अराजक समूहले जिल्ला प्रहरी कार्यालय सिरहामा समेत तोडफोड गरेका छन् । त्यसैगरी, जनकपुरधामस्थित जिल्ला ट्राफिक कार्यालय, मुजेलिया वडा प्रहरी कार्यालय, स्टेसन प्रहरी चौकीसहितमा आगजनी नै गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर थापाका अनुसार आगजनीमा प्रहरीको युनिफर्म, सिभिल ड्रेसलगायतका सबै लत्ताकपडाहरू जलेर नष्ट भएका छन् । त्यसैगरी, कार्यालयमा राखिएका प्रहरी भ्यान, गाडी तथा सेवाग्राहीका मोटरसाइकलहरूसमेत जलेर नष्ट भएका छन् । कार्यालयका केही सामानसमेत लुटिएको उनले बताए ।

मधेश प्रदेश प्रहरी प्रमुखको कार्यालयले प्रदेशभरिका प्रहरी युनिटमा भएको क्षति यकिन गर्न प्रहरी उपरीक्षक ईश्वर थापाको संयोकत्वमा समिति समेत गठन गरेको छ । उक्त समितिले प्रदेशका आठवटै जिल्लामा रहेका प्रहरी युनिटहरूमा भएको क्षतिबारे तथ्यांक संकलन गरिरहेको मधेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए ।

आशिंक क्षतिका युनिटहरूमा प्रहरी परिचालन भइसके पनि धेरै क्षति भएका प्रहरी युनिटहरूमा अहिलेसम्म प्रहरी परिचालन हुन नसकेको प्रवक्ता थापाले बताए । अराजक समूहले जिल्ला ट्राफिक कार्यालयदेखि स्थायी र स्थायी प्रहरी चौकी, सुरक्षा पोस्टसहित करिब २ दर्जनभन्दा बढी प्रहरी युनिटमा आगजनी तथा तोडफोड गरेका छन् । उनले भने, ‘अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । तर, क्षति विवरणको संकलन हामी गरिहेका छौँ । चाँडै नै प्रदेशका आठवटै जिल्लाको क्षति विरण एकसाथ सार्वजनिक गर्छौं ।’

आगलागी तथा तोडफोड कारण क्षतिग्रस्त बनेका केही अस्थायी प्रहरी चौकीहरूमा स्थानीयहरूको सहयोगले पुनः स्थापनासमेत भएको उनले बताए ।

सम्बन्धित खबर