LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट प्रहरीको हतियार लुटिएको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भदौ २४मा जेन–जीको आन्दोलनको क्रममा केहि अराजक समुहले विभिन्न सार्वजनिक सम्पतिहरुमा आगजनी तथा तोडफोड गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित भाडाको घरमा रहेको प्रदेश लोक सेवा आयोगको कार्यालयमा आगजनी तथा तोडफोड गर्दै प्रहरीको दुई वटा हतियार लुटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित जनकपुरधाम–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र सोही वडामा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने गरि प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएर फरार भएका थिए ।
प्रहरीले घटनास्थलको ‘सीसीटीभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण कुमार सिंहले जानकारी दिए ।

सम्बन्धित खबर