LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा विस्थापित भएका सिरहाका प्रहरी युनिटहरुलाई पुनः स्थापित गरिएको छ ।

जेन–जी आन्दोलको दोस्रो दिन जिल्लाभरि भएको आगजनी तथा तोडफोडको घटनाको कारण सिरहामा १४ वटा प्रति युनिट विस्थापित भएको थियो । त्यसमा मंगलवारसम्म स्थानीयको अनुरोधमा १२ वटा प्रहरी युनिट पुनःस्थापित गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए । विस्थापित भएका प्रहरी बिट फूलबरिया र ब्राहबिघा मात्रा पुनःस्थापित गर्न अव मात्र बाँकी रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेको ४१ प्रहरी युनिट रहेका छन् । जेन–जी आन्दोलनको क्रक्रममा ईलाका प्रहरी कार्यालय गोलबजार, नरहा, बिष्णुपुर, कल्याणपुर , प्रहरी चौकी बेल्हा, लगडीगोठ, लगडी गदियानी, सन्हैठा, औरही, हरकट्टी, लहान र अस्थायी प्रहरी बिट ब्राहबिघा र फूलबरिया बिस्थापित भएको थियो । प्रहरी युनिटहरु साबिक स्थानमा पुर्नःस्थापना थालिएपछि स्थानीयले फुलमालाले प्रहरीहरुलाई स्वागत गरि शान्ति सुरक्षा कायम राख्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर