LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

राजिनामा नदिने अडानमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ ।

पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र पठाएर मुख्यमन्त्री सिंहलाई तीन भित्र स्पष्टीकरण जवाफ पेश गर्न अनुरोध गरेका छन् ।
मधेश प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्री र मन्त्रीहरुलाई बोईएको पत्रमा प्रदेश प्रमुख कार्यालय र प्रदेश सभामा सचविालयमा दर्ता गराएपनि राजिनामा नदिएको पत्रमा उल्लेख छ । तपाई स्वय्म समाजिक सञ्जाल मार्फत राजिनामा दिएकोमा समेत अवहेलन गर्दै तपाईले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पु¥याएको हुँदा स्पष्टीकरण सोधेको अनुशासन समितिले जनाएको छ ।

‘तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ’, अनुशासन समितिको पत्रमा उल्लेख छ ।’
आज जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले पार्टीको निर्देशन विपरित मुख्यमन्त्री सिंह पदबाट राजिनामा नदिएको भन्दै कारर्वाहीका लागि पार्टीलाई सिफारिस गरेको थियो ।

सम्बन्धित खबर