LIVE
काँग्रेसले वर्तमान सरकारबाट समर्थन फिर्ता, आफ्नै नेतृत्वमा सरकार गठनको पहल | मुख्यमन्त्री सिंहको राजिनामाबारे अन्य पार्टीका सांसदहरु के भन्छन् ? | मधेश प्रदेश सभामा सुचारु गर्न दलहरुको माग | जनमतमा पहिरो, कमजोर हुदै जनमत ! | मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई पार्टीको स्पष्टीकरण | आफ्नै पार्टीले नेतृत्व गरेको सरकारबाट जनमतले लिए समर्थन फिर्ता | सिरहाका विस्थापित प्रहरी युनिटहरु पुनःस्थापित हुदै | प्रहरीको हतियार लुटेको आरोपमा जनकपुरका दुई युवा पक्राउ | मधेश प्रदेशका चौकीहरुमा अझै फर्केन सकेनन् सुरक्षाकर्मी | मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी, सर्वदलीय सरकारको सम्भावना |

जेन–जी आन्दोलन पश्चात मुलुकमा राजनीतिक उथलपुथल भईरहेको वेला जनमत पार्टीभित्र ठुलो पहिरो गएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्षसहित विभिन्न जिम्मेवारीका ६ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका थिए । तर पार्टी नेतृत्वले त्यसको वास्ता नरेपछि उनीहरु आज विहिवार साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम ले पार्टी छाडेका हुन् । डा.राउत निकट मानिएका उनीहरुले एक्का एक पार्टी छोडेपछि नेता तथा कार्याकर्तामा निरषा बढेको छ ।

भदौ २३ र २४ गते जेनजीको आन्दोलनले राजनीतिक दलका नेतृत्व हस्तान्तरणको विषयमा बहस सुरु भएपछि उनीहरुले आफ्ना पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका थिए । यस अघि पार्टीका उपाध्यक्ष दिपक साहसहतिले पार्टीबाट राजिनामा दिएका थिए । यसरी गत निर्वाचनमाबाट राजनीतिमा आएका जनमत समयसँगै कमजोर हुदै गएको छ ।

सम्बन्धित खबर