LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जेन–जी आन्दोलन पश्चात मुलुकमा राजनीतिक उथलपुथल भईरहेको वेला जनमत पार्टीभित्र ठुलो पहिरो गएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्षसहित विभिन्न जिम्मेवारीका ६ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका थिए । तर पार्टी नेतृत्वले त्यसको वास्ता नरेपछि उनीहरु आज विहिवार साधारण सदस्य समेत नरहने गरी पार्टी छोडेका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम ले पार्टी छाडेका हुन् । डा.राउत निकट मानिएका उनीहरुले एक्का एक पार्टी छोडेपछि नेता तथा कार्याकर्तामा निरषा बढेको छ ।

भदौ २३ र २४ गते जेनजीको आन्दोलनले राजनीतिक दलका नेतृत्व हस्तान्तरणको विषयमा बहस सुरु भएपछि उनीहरुले आफ्ना पार्टीभित्र समेत शुद्धीकरण आवश्यक भएको बताएका थिए । यस अघि पार्टीका उपाध्यक्ष दिपक साहसहतिले पार्टीबाट राजिनामा दिएका थिए । यसरी गत निर्वाचनमाबाट राजनीतिमा आएका जनमत समयसँगै कमजोर हुदै गएको छ ।

सम्बन्धित खबर