LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल जसपा नेपालसहितका दलले मधेस प्रदेश सभा सञ्चालनका लागि प्रदेश सभामुख रामचन्द्र मण्डललाई आग्रह गरेका छन्।

२४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त अवस्थामा रहेका प्रदेश सभाको निरीक्षण पश्चात उनीहरुले सभा सुचारु गर्न सभामुखसँग आग्रह गरेका हुन् । क्षतिग्रस्त अवस्थामा रहेको प्रदेश सभामा अहिले सरसफाई र मर्मत सम्भारको कार्य तीव्र गतिमा भइरहेको छ।

प्रदेश सभामुख मण्डलका अनुसार प्रदेशसभामा आग्जनी र तोडफोडबाट करिब ३०देखि ४० करोडको क्षती भएको छ । जसपा नेपालका संसद दलका नेता तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले जेन–जीहरूले प्रदेशसभा आगजनी नगरेको दाबी गर्दै संघीयता विरोधी तत्त्वले मुलुक भरी विध्वंस मचाएकोले र त्यसको जवाफ दिन वर्तमान अवस्थामामै सभा सञ्चालन हुनुपर्ने बताए । मधेस प्रदेश संघीयताको जन्नी रहेको र संकटको बेला प्रदेशसभा अवरुद्ध हुदा राम्रो सन्देश नजाने उनको भनाइ थियो।

त्यसैगरी,नेकपा एमालेका प्रमुख सचेतक हरिरायण महतोले प्रदेश सभाको बैठक चाँडै नै राख्न सभामुखसँग आग्रह गरेका छन् । नेकपा माओवादीका सांसद युवराज भट्टराईले पनि प्रदेश सभा सञ्चालन हुनुपर्ने माग गरेका छन्। मुलुकको सङ्क्रमणकालीन अवस्थामा प्रदेशसभा अवरुद्ध हुनु उचित नरहेको उनले बताए ।
यता, प्रदेशसभामुख मण्डलले अन्य दलहरूसँग सरसल्लाह गरेर चाँडै नै प्रदेश सभाको बैठक बोलाउने बताएका छन् ।

सम्बन्धित खबर